सामान डेलिभरीका लागि ड्राइभररहित ट्रक प्रयोग गर्दै वालमार्ट

  • Technology Khabar | २३ कार्तिक २०७८, मंगलवार
सामान डेलिभरीका लागि ड्राइभररहित ट्रक प्रयोग गर्दै वालमार्ट

काठमाडौं ।

ई-कमर्स साइट वालमार्टले ७ माइल परसम्म सामान डेलिभरी गर्नका लागि ड्राइभररहित ट्रकको प्रयोग गरेको छ।

कम्पनीले केही समयअघि आफूले सामान ढुवानीका लागि चालकरहित सवारी प्रयोग गर्ने बताएकोमा हाल आएर यो पूरा भएको बुझिएको छ।

कम्पनीले स्टार्टअप कम्पनी गाटिकसँगको सहकार्यमा ७ माइलको दूरीसम्म यसरी सामान ढुवानी गरेको हो।

७ माइलको दूरीमा पर्ने बेन्टनभिल तथा अर्कान्ससमा थुप्रै चोबाटाहरु तथा ट्राफिक बत्ति रहेका र यी बाटाहरु घना शहरी बाटाहरुसँग जोडिएको कम्पनीले जनाएको छ।

जीएमले गत हप्ता परीक्षण गरेर स्वचालित ट्याक्सी शुरु गरेपछि वालमार्टलाई उक्त चालकरहित ढुवानी सेवा सञ्चालन गर्न आँट आएको बुझिएको छ।

गाटिकका ट्रकहरुले वालमार्टको डार्क स्टोरका नामबाट चिनिने भण्डारणबाट नजिकै रहेको बेन्टनभिलमा अवस्थित वालमार्ट नेबरहूड मार्केटको स्टोरसम्म खाद्यान्न ढुवानी गर्छन्।

यो कार्यक्रम गत सन् २०२० डिसेम्बरमा अर्कान्सस स्टेट हाइवे कमिसनले दिएको अनुमोदनका आधारमा यही ग्रीष्मऋतुबाट शुरु भएको हो।

यसरी चालकरहित ढुवानी सेवा शुरु गर्ने वलमार्ट पहिलो सुपरस्टोर भने होइन। यसअघि नै क्रोगरले सन् २०१८ मा नुरो नामक स्टार्टअपसँगको साझेदारीमा चालकरहित सवारीको प्रयोग शुरु गरेको थियो। तर वालमार्टले पूर्ण आकारको ट्रकको प्रयोग गरेको छ भने क्रोगरले साना माइक्रोभ्यान प्रयोग गर्दै आएको छ।

प्रकाशित: २३ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

U.S. FAA authorizes SpaceX Falcon 9 rocket return to flight

  • २३ कार्तिक २०७८, मंगलवार

China launches BeiDou-based satellite short messaging service for emergency needs

  • २३ कार्तिक २०७८, मंगलवार

EU tells TikTok to change ‘addictive’ design

  • २३ कार्तिक २०७८, मंगलवार