
काठमाडौं ।
भारतीय कम्पनी वाजिरानी अटोमोटिभले केही समयअघि झलक देखाएको आफ्नो नयाँ हाई-स्पीड इलेक्ट्रिक हाइपरकार कन्सेप्ट सोमबार आधिकारिक रुपमा सार्वजनिक गरेको छ।
कम्पनीले यो केवल भारतको मात्र द्रुतगतिको कार नभएर विश्वकै सबैभन्दा छिटो तीव्र स्पीडमा पुग्ने (फास्ट एक्सीलरेटिङ) कार भएको दावी गरेको छ। यो कारको नाम इकंक राखिएको छ।
ईकंक इलेक्ट्रिक कार एउटा मात्र सिट भएको विद्युतीय हाइपरकार हो जुन शूल्य देखि १०० किलोमिटर प्रतिघण्टाको गति २.५४ सेकेन्डमै लिन सक्ने कम्पनीको दावी छ।
कम्पनीले हालै उक्त कार इन्दौरमा नयाँ बनेको न्याट्र्याक्स फ्यासिलिटीमा परीक्षण गरेको थियो। परीक्षणका क्रममा यो कारले ३०९ किलोमीटर प्रति घण्टाको टप स्पीड हासिल गरेको थियो।
वाजिरानीका अनुसार ईकंक शब्दलाई ‘दिव्य प्रकाशको शुरुआत’ भन्ने शब्दावलीसँग जोड़ेर हेर्ने गरिन्छ। कम्पनीले यो कारमा प्रयोग गरिएको प्रविधिलाई पनि नयाँ शुरुआत मानेको छ।
ईकंक हाइपरकारको वजन ७३८ किलोग्राम मात्र रहेको छ भने यो हालसम्मकै सबैभन्दा हल्का इलेक्ट्रिक कार भएको कम्पनीले दावी गरेको छ।
यसबाहेक ७२२ एचपीको पावर आउटपुटका साथमा ईकंकले लगभग १:१ पावर टू वेट रेशियो हासिल गरेको छ। यसमा कम्पनीको नयाँ डिको ब्याट्री सोलुशन राखिएको छ जसले सयो वर्षदेखि चल्दै आएको जटिल लिक्विड कूलिङ प्रविधिको ठाउँ लिन सक्ने आकलन गरिएको छ।
प्रकाशित: २२ कार्तिक २०७८, सोमबार