क्वालकम स्न्यापड्रागन ८९८ चिप शुरुमा शाओमी तथा मोटोरोलाका स्मार्टफोनमा आउने

  • Technology Khabar | २२ कार्तिक २०७८, सोमबार

काठमाडौं ।

क्वालकमको स्न्यापड्रागन ८९८ चिप सबैभन्दा पहिले शाओमी तथा मोटोरोलाका स्मार्टफोनमा आउने भएको छ।

स्न्यापड्रागन ८९८ चिपयुक्त मोटोरोला तथा शाओमीका स्मार्टफोनहरु सार्वजनिक भएको केही हप्तापछि खरिनका लागि उपलब्ध हुने आकलन गरिएको छ।

क्वालकमको नेक्स्ट जेनेरेशन फ्ल्यागशिप चिपसेट स्न्यापड्रागन ८९८ यसै वर्षको डिसेम्बरसम्ममा आइसक्ने अपेक्षा गरिएको छ।

स्न्यापड्रागन ८८८ को उत्तराधिकारीका रुपमा आउँदै गरेको ८९८ चिपको बेन्चमार्क स्कोर आधिकारिक रुपमा आउनुअघि बाहिरिएको छ।

हालै बाहिर आएको एक रिपोर्टमा ८९८ चिपसेटयुक्त स्मार्टफोन ल्याउँदै गरेका कम्पनीको बारेमा आधिकारिक जानकारी उल्लेख गरिएको छ। चर्चित टिपस्टर डिजिटल च्याट स्टेशनका अनुसार शाओमी तथा मोटोरोलाले सबैभन्दा पहिले स्न्यापड्रागनको ८९८ चिपसेट प्रयोग गरेर स्मार्टफोन ल्याउने भएका हुन्।

यी दुवै कम्पनीले स्न्यापड्रागन ८९८ चिपसेटयुक्त डिभाइस यो वर्षको अन्त्यसम्म ल्याइसक्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २२ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया