काठमाडौं ।
आइफल टावरको जत्रो उचाइ भएको एउटा उल्कापिण्ड पृथ्वीतर्फ आइरहेको भन्दै नासाले सचेत गराएको छ।
नासाका अनुसार अन्तरिक्षबाट खसिरहेको उक्त पत्थर फुटबल मैदानको तीन गुणा ठूलो रहेको र यसलाई उक्त संस्थाले पोटेन्सियल्ली हजार्डस एस्टेरोइड पीएचए अर्थात् हानीगर्ने सम्भावना बोकेको उल्कापिण्ड भन्ने नाम दिएको छ।
नासाका अन्तरिक्ष अनुगमनकर्ताहरुले यो उल्कापिण्डले आगामी डिसेम्बर ४ हजार माइल प्रतिघण्टाको गतिमा पृथ्वी हुँदै गुज्रिने र यसको प्रभाव निकै खतराजनक हुने बताएका छन्।
४६६० नेरियस नाम दिइएको १ हजार ८० फिट लामो उक्त उल्कापिण्डले मानव जातिलाई भने कुनै संकट ननिम्त्याउने बताइएको छ।
स्पेस रेफरेन्स नामक वेबसाइटका अनुसार यो पिण्ड अन्य पिण्डहरुभन्दा ९० प्रतिशत ठूलो रहेको छ भने हालसम्मकै सबैभन्दा ठूलो उल्का पिण्डभन्दा चाहिँ सानो रहेको छ।
यसपाला धेरै खतरा नभए पनि अबको १७५ वर्षभित्र यस्ता १२ ओटा उल्कापिण्ड पृथ्वीको नजिकैबाट गुज्रिने नासाले जनाएको छ।
प्रकाशित: २२ कार्तिक २०७८, सोमबार