शाओमी प्रयोगकर्ताहरूका लागि एमआईयूआई १३ आउँदै, व्यापक परिवर्तनहरूसहित उपलब्ध हुने

  • Technology Khabar | २२ कार्तिक २०७८, सोमबार
शाओमी प्रयोगकर्ताहरूका लागि एमआईयूआई १३ आउँदै, व्यापक परिवर्तनहरूसहित उपलब्ध हुने

काठमाडौं ।

एमआईयूआई १३ को अपडेट चाँडै आउँदैछ। शाओमीका संस्थापक लेइ जुनले एमआईयूआई १३ अपडेट छिटै आउन लागेको पुष्टि गरेका छन्।

उनले यो वर्षको अन्त्यसम्ममा शाओमी स्मार्टफोनमा यसको अपडेट आउने आशा व्यक्त गरेका छन् । यद्यपि यसमा कस्ता सुविधाहरू हुनेछन् भन्ने बारेमा धेरै जानकारी दिइएको छैन तर यो अपडेटले प्रयोगकर्ताको अनुभवमा सुधार ल्याउने पक्कै पनि बताइएको छ।

अर्कोतर्फ अपरेटिङ सिस्टमको सम्पूर्ण डिजाइन नै परिवर्तन हुन लागेको चर्चा बजारमा छ।

अपरेटिङ सिस्टमको यो अपडेट सबैभन्दा पहिले चीनमा लन्च हुने विश्वास गरिएको छ। चाइनिज भर्सनपछि मात्र ग्लोबल भर्सन बजारमा ल्याइनेछ।

यस्तो अवस्थामा ग्लोबल संस्करण २०२२ मा आउने बुझिएको छ। महिना पुष्टि भएको छैन, तर यदि एमआईयूआई १२ को बारेमा कुरा गर्ने हो भने यो गएको गर्मीमा रोल आउट गरिएको थियो। यस्तो अवस्थामा नयाँ अपडेट जुन–जुलाईसम्म आइपुग्ने अनुमान छ।

प्रकाशित: २२ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार