
काठमाडौं ।
यदि भारतले आधिकारिक रूपमा क्रिप्टो-स्पेसलाई वैधानिक बनाउने निर्णय गरेको खण्डमा पेटीएमले बिटक्वाइन भुक्तानीहरूको सुविधा प्रदान गर्ने भएको छ।
पेटीएमका प्रमुख वित्तीय अधिकारी मधुर देवराले ब्लूमबर्ग टिभीसँग हालैको एक अन्तर्वार्तामा कम्पनीको प्रो-क्रिप्टो दृष्टिकोणको बारेमा संकेत गरेको ग्याजेट्स३६० ले रिपोर्टमा उल्लेख गरेकोछ।
अहिलेसम्म क्रिप्टोकरेन्सी होल्डिङ र व्यापार भारतमा प्रतिबन्धित छैन, तर यसलाई विनियमित गर्न कुनै संघीय नियमहरू पनि छैनन्। भारतीय वित्त मन्त्रालयले सो बारेमा व्यवस्थापन गर्न मस्यौदा निर्माणको काम गरिरहेको छ ।
“बिटक्वाइन अझै पनि नियामकको ग्रे जोनमा छ यदपी भारतमा नियामक प्रतिबन्ध छैन। अहिले पेटीएमले बिटक्वाइनको काम गर्दैन। यदि यो देशमा पूर्ण रूपमा कानुनी बन्ने हो भने, स्पष्ट रूपमा त्यहाँ अफरहरू हुन सक्छ जुन हामीले सुरू गर्न सक्छौं, “देवराले भने।
भारतको संघीय वित्त मन्त्रालयले क्रिप्टो-स्पेसको संरचना बनाउने तरिकाहरूमा काम गरिरहेको छ, जसको लागि क्रिप्टोकरेन्सी व्यापारबाट हुने आयमा कर लगाउन सकिन्छ कि भनेर पत्ता लगाउन नयाँ समिति गठन गरेको छ।
रिजर्भ बैंक अफ इन्डियाले २०२१ को अन्त्यमा विनियमित “केन्द्रीय बैंक डिजिटल मुद्रा” को रूपमा आफ्नो पहिलो आधिकारिक डिजिटल मुद्रा सुरु गर्न पनि काम गरिरहेको छ।
अहिलेको अवस्थामा, भारत एक आधिकारिक क्रिप्टोकरेन्सी विद्येयक घोषणाको लागि पर्खिरहेको छ जुन यसको आगामी शीतकालीन सत्रमा संसदमा पेश गरिनेछ।
हालैका महिनाहरूमा, भारतमा क्रिप्टोकरेन्सी कारोबार र गतिबिधिहरु बिस्तार भएको छ। भारत, पाकिस्तान, युक्रेन र भियतनाममा क्रिप्टोकरेन्सी अपनाउने दरमा ८८० प्रतिशतले वृद्धि भएको यो महिनाको सुरुमा जारी गरिएको एउटा प्रतिवेदनले देखाएको छ।
टेकस्टोरीको एक रिपोर्टअनुसार करिब ७० लाख भारतीयहरूले क्रिप्टोकरन्सीमा लगभग १ अर्ब डलर (लगभग ७,३८० करोड भारु) भन्दा बढीको सामूहिक लगानी गरेका छन्।
प्रकाशित: २२ कार्तिक २०७८, सोमबार