म्याकफीले आफूलाई १० अर्ब डलरभन्दा बढीमा एडभेन्टलाई बेच्ने सम्झौताको नजिक

  • Technology Khabar | २१ कार्तिक २०७८, आईतवार
म्याकफीले आफूलाई १० अर्ब डलरभन्दा बढीमा एडभेन्टलाई बेच्ने सम्झौताको नजिक

काठमाडौं ।

साइबर सेक्युरिटी फर्म म्याकफी कर्पले अमेरिकी निजी इक्विटी फर्म एडभेन्ट इन्टरनेशनललाई १० अर्ब डलरभन्दा बढीमा बेच्ने सम्झौताको नजिक भएको वाल स्ट्रीट जर्नलले शुक्रबार उल्लेख गरेको छ।

सो सम्झौताको बारेमा सोमबार घोषणा हुन सक्नेछ, यद्यपि वार्ता अझै टुट्न सक्ने संभावना समेत रहेको यस विषयमा परिचित व्यक्तिहरूलाई उदृत गर्दै रिपोर्ट गरेको छ।

सम्भावित सम्झौता यस्तो समयमा आएको छ जब महामारीले गर्दा मानिसहरु आफ्नो कामलाई रिमोट वर्कमा परिवर्तन गरिरहेका छन् र साइबर आक्रमणहरूमा वृद्धिले एन्टिभाइरस र डिजिटल सुरक्षा सफ्टवेयरको लागि माग बढाएको छ।

गत वर्ष बजारमा डेब्यु गरेको म्याकफीको शेयर शुक्रबार २० प्रतिशतले बढेको छ।

कम्पनीले मार्चमा सिम्फोनी टेक्नोलोजी ग्रुपको नेतृत्वमा रहेको कन्सोर्टियमलाई ४ अर्ब डलर नगदमा आफ्नो इन्टरप्राइज व्यवसाय बेच्ने बताएको थियो।

प्रकाशित: २१ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार