काठमाडौं ।
हालैको एक रिपोर्ट अनुसार भारतमा वनप्लस ९ प्रो फाइभजी स्मार्टफोन मूल्यमा ६ हजार भारु कममा किन्न सकिने भएको छ।
यसका लागि यूजरहरुले एसबीआई बैंकको क्रेडिट कार्ड प्रयोग गर्नुपर्ने हुन्छ।
वनप्लस ९ प्रो दुई स्टोरेज भेरिएन्टमा उपलब्ध हुनेछ जसमा एउटा ८ जीबी र्याम तथा १२८ जीबी आन्तरिक तथा अर्को १२ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेज रहेका छन्।
जानकारी अनुसार यी मोबाइलका शुरुवाती मूल्य भारु ६४ हजार ९९९ रहेकोमा हाल छुटमा ५८ हजार ९९९ मा उपलब्ध हुने बताइएको छ।
यो डिभाइसमा 1440X ३२१६ पिक्सेल रेजोल्युशनको ६.७ इन्चको क्यूएचडी+ एमोलेड डिस्प्ले दिइएको छ। एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा आधारित अक्सिज ओएस ११ मा काम गर्छ। यसबाहेक यसमा क्वालकम स्न्यापड्रागन ८८८ अक्टाकोर प्रोसेसर राखिएको छ।
कार्बन ब्ल्याक तथा लेक ब्लू गरी दुईओटा रंगको अप्शनमा उपलब्ध हुने यो डिभाइसमा एलटीपीओ प्रविधिसँग पेयर गराएर १२० हर्ज को फिचर इनेबल गराउन सकिने कम्पनीले जनाएको छ।
प्रकाशित: २१ कार्तिक २०७८, आईतवार