टेस्लाको १० प्रतिशत शेयर बेच्ने सम्बन्धमा ट्विटर फलोअरलाई सोध्दै मस्क

  • Technology Khabar | २१ कार्तिक २०७८, आईतवार
टेस्लाको १० प्रतिशत शेयर बेच्ने सम्बन्धमा ट्विटर फलोअरलाई सोध्दै मस्क

काठमाडौं ।

टेस्लाका सीईओ इलन मस्कले शनिबार आफ्ना ट्विटरका ६ करोड २५ लाख फलोअरलाई आफ्नो टेस्लाको १० प्रतिशत शेयर बेच्ने या नबेच्ने भनेर सोधेका छन्।

विश्वकै धनीहरुको सूचीमा शीर्ष स्थानमा रहेका मस्कले यसअघि यो वर्ष थुप्रै परिमाणमा कर तिर्नुपर्ने भएकाले आउँदो वर्षसम्म आफ्ना शेयर बेचेर कर को व्यवस्था गर्ने बताएका थिए।

‘म कतैबाट नगद तलब वा बोनस लिन्नँ। मसँग शेयरहरु मात्र छन्, त्यसैले कर तिर्नका लागि मेरो एक मात्र विकल्प शेयर बेच्नु हो’, मस्कले ट्विटरमा भनेका छन्।

उनले हालै डेमोक्र्याटहरुले प्रस्ताव गरेको बिलेनियर ट्याक्सतिर लक्षित गर्दै पछिल्लो समयमा करका नाममा अवाञ्छित रुपमा सरकारले आम्दानी गर्न थालेकाले आफू शेयर बेच्नुपर्ने निर्णयमा पुगेको पनि बताए।

उनले उक्त प्रस्तावको आलोचना गर्दै यसले ७०० अर्बपतिलाई प्रभाव पार्ने र व्यापारयोग्य सामग्री दीर्घकालीन पुँदजीगत लाभ कर लाद्ने भएकाले शेयर बेच्ने या नबेच्ने भनेर ट्विटरमा सोधेका हुन्।

उक्त पोलमा जस्तो नतिजा आउँछ आफूले त्यसै गर्ने पनि उनले प्रष्ट पारेका छन्।

प्रकाशित: २१ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार