काठमाडौं उपत्यकामा उच्चस्तरिय सीसी क्यामरा जडान गरिँदै

  • Technology Khabar | २१ कार्तिक २०७८, आईतवार
काठमाडौं उपत्यकामा उच्चस्तरिय सीसी क्यामरा जडान गरिँदै
सांकेतिक

काठमाडौं ।

नेपाल प्रहरीले काठमाडौं उपत्यकामा थप उच्चस्तरिय सीसी क्यामरा जडान गर्ने भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार अब चाँडै उपत्यकामा ५ सयभन्दा बढी सीसी क्यामेरा जडानका तयारीमा छन् ।

सीसी क्यामरा जडानका लागि अप्टिकल फाइबर बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ। जसका लागि ठेक्का नेपाल म्याक्स मौलिक तरंगलाई दिइएको छ ।

उक्त कम्पनीका अनुसार हालसम्म तीनवटा कम्पनीको जोइन्ट भेन्चरका रुपमा काम भइरहेको छ । उसले अप्टिकल फाइबर तार विछ्याउने काम सक्ने र उपत्यकाभरी मुख्य मुख्य रुटमा १६१ वटा क्यामरा जडान जनाएको छ ।

उसलाई साढे ६ करोडमा निर्माण गर्नेगरी दिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । हालसम्म फाइबर तार विछ्याउने काम करिब ४० प्रतिशत सकिएको कम्पनीले जनाएको छ । करिब ८० प्रतिशत काम सकिएकोले अब ४० दिनमा जडान फाइबर जडान गरिसक्ने कम्पनीको भनाइ छ ।

अहिले भक्तपुर, महाराजगन्ज, बल्खु रूटबाट तार बिछ्याउने काम भइरहेको कम्पनीले जनाएको छ। प्रहरीका अनुसार हाल काठमाडौं उपत्यकाका ३ वटै जिल्लामा गरि सार्वजनिक रुपमा २६४५ सीसी क्यामरा सार्वजनिक प्रयोजनाका लागि जडान गरिएका छन् । तर एक अध्यायनका अनुसार उपत्यकाका लागि यो संख्या आवश्यकभन्दा अत्यन्तै कम हो । किनकी पाँच वर्षको अध्यायन अनुसार उपत्यकामा २३ हजार सीसी क्यामरा आवश्यक छन् ।

बजेट अभावका कारण आवश्यकता अनुसार क्यामरा जडान गर्न नसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सार्वजनिक स्थानमा सीसी क्यामरा जडान भए अपराध अनुसन्धानमा प्रहरीलाई सहयोग मिल्छ। साथै अपराधिक क्रियाकलाप पनि कम हुने प्रहरीको भनाइ छ।

यदी अपराध भइहाले पनि त्यसको अनुसन्धान र अपराधी पत्ता लगाउन प्रहरीलाई बल पुग्छ। प्रविधिको प्रयोगले, कम्युटर सिस्टममा जाँदा अनुसन्धानको दायरा बढ्ने, समय बचत हुने, कुनै पनि घटना मिस नछुट्ने र अनुसन्धा प्रभावकारी हुने प्रहरी स्वयम बताउछन् ।

अब प्राविधिक काम सकिए पनि काठमाडौंमा १४५, ललितपुरमा १३५ र भक्तपुरमा १०० को हाराहारीमा सीसीटिभी जडान हुने प्रहरीको भनाइ छ ।

उक्त प्रक्रियाका लागि ९ करोड हाराहारीमा बजेट छ्ट्याइ सकिएको पनि प्रहरीले जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...