
काठमाडौं ।
सीजीले नेपाली बजार युरोपेली ईलेक्ट्रोनिक्स ब्रान्ड ‘बेको’ भित्र्याएको छ। सीजी ग्रुप अफ कम्पनीले विश्व चर्चित ईलेक्ट्रोनिक्स ब्राण्ड बेकोसँग सहकार्य गर्दै उक्त ब्रान्ड नेपाल भित्र्याएको हो ।
योसँगै अब सीजीले नेपाली बजारमा आफ्नो उत्पादनसँगै बेको ब्रान्डका इलेक्ट्रोनिक्स उत्पादनहरु समेत विक्रि वितरण गर्नेछ ।
सिजी ईलेक्ट्रोनिक्सका अनुसार नेपालमा दीर्घकालिन व्यापार रणनीतिको अनुशरण गर्दै कम्पनीले बेको ब्रान्ड भित्र्याएको हो । नयाँ उत्पादनहरुको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्ने सीजीले लक्ष्य राखेको छ।
साथै, दुई पक्षबीचको सहकार्यले स्थानिय बजारको साथसाथै नेपाली ईलेक्ट्रोनिक्स् क्षेत्रको विकासमा समेत टेवा पुग्ने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार हाल नेपाली बजारमा बेको ब्रान्ड्को वाशिङ मेसिनहरु तीब्रतर रुपमा विक्रि वितरण भइरहेको छ । यस्तै बेका ब्रान्डकै अर्को उत्पादन डिसवशरका साथमा अन्य थुप्रै उत्पादनहरु समेत छिटै बजारमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएकोछ।
प्रकाशित: २१ कार्तिक २०७८, आईतवार