
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्रान्ड शाओमीको रेडमी के५० सिरिजमा कम्पनीले फेरि अन्डर डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर उपलब्ध गराउने भएको छ।
यो तथ्य हालै चीनबाट प्राप्त रिपोर्टमा उल्लेख भएको बुझिएको छ। यसको मुख्य कारणमा मोबाइलको बाहिरी सुन्दरता तथा सुरक्षा बताइएको छ।
रेडमी के४० मा भने सेन्सरलाई साइडतिर रहेको पावर की मा सारिएको थियो। यसको स्क्रीन् ओएलईडी भए पनि स्क्यानरलाई डिस्प्लेभित्र राख्न भने सकिएको छ।
शाओमी ब्रान्डले निर्माण लागत केही कम गर्नका लागि यस्तो गरेको बुझिएको छ।
स्रोतका अनुसार रेडमी के५० प्रो+ मा ४एनएम प्रोसेसमा बनेको स्न्यापड्रागन ८९८ चिपसेट रहने बुझिएको छ। क्वालकमले भने हालसम्म आफ्नो पहिलो फ्ल्यागशिप प्लेटफर्मका लागि तयार हुने चिपको प्रोसेट प्रविधि वा नाम सार्वजनिक गरेको छैन।
यस हिसाबले रेडमीको नयाँ उच्च स्तरको स्मार्टफोन स्न्यापड्रागन आउने डिसेम्बरभन्दा अगाडि आउन सक्ने अपेक्षा गरिएको छैन।
रेडमीको भ्यानिला भेरियन्ट भने यसभन्दा अगावै आउन सक्ने र यसका केही विवरण चिनियाँ सामाजिक सञ्जालमा बाहिरिएका पनि छन्।
एक टिपस्टरका अनुसार यसमा स्न्यापड्रागन ८७० चिप, ६.६ इन्चको फ्लाट ओएलईडी प्यानलका साथमा ५००० एमएएच क्षमताको ब्याट्री रहने बुझिएको छ।
प्रकाशित: १८ कार्तिक २०७८, बिहीबार