
काठमाडौं ।
माइक्रोन टेक्नोलोजीले एएमडी रेडन आरएक्स ६००० सिरिजका ग्राफिक्स कार्डका लागि उच्च कार्यक्षमतायुक्त १६ जीबीपीएसको जीडीडीआर६ मेमोरी सोलुसन् उपलब्ध गराउने घोषणा गरेको छ।
यी कार्डहरु एएमडी आरडीएनए २ गेमिङ आर्किटेक्चरमा बनेका छन्।
माइक्रोनको १जेड प्रोसेस प्रविधिमा आधारित जीडीडीआर६ को यो नयाँ भर्सनले गेमिङ तथा ग्राफिक्सका क्षेत्रमा उच्च माग रहेका एप्लिकेशनका लागि ५१२ जीबीसम्मको सिस्टम पर्फर्मेन्स इनेबल गर्न सक्ने कम्पनीले जनाएको छ।
माइक्रोनले एएमडी रेडन आरएक्स ६००० सिरिज ग्राफिक्स कार्डहरु माइक्रोन जीडीडीआर६ मेमोरीयुक्त हुने बताएको छ।
यसको शुरुवात एएमडी रेडन आरएक्स ६६०० तथा ६७०० बाट हुने र यो यसै वर्षको अन्तिम त्रैमासबाट उपलब्ध हुनसक्ने अपेक्षा गरिएको छ।
‘एएमडीको जीपीयूसँगको सहकार्यमा हाम्रो जीडीडीआर६ अल्ट्रा ब्यान्डविथ सोलुसनले गेमिङका क्षेत्रमा सुधारिएको यूजर एक्सपेरियन्स तथा एडभान्स्ड प्रदर्शन क्षमता प्रदान गर्नेछ’, माइक्रोनको हाइ पर्फर्मेन्स मेमोरी तथा नेटवर्किङका महाप्रबन्धक तथा उपाध्यक्ष मार्क मोन्टियर्थले भने।
एएमडी ग्राफिक्सको बिजनेस यूनिटका महाप्रबन्धक तथा कर्पोरेट उपाध्यक्ष स्कट हर्केल्मनका अनुसार रेडन आरएक्स ६००० सिरिज ग्राफिक्स कार्ड उच्च कार्यक्षमतायुक्त तथा कुनै पनि गुनासोरहित गेमिङ अनुभवका लागि बनाइएको र माइक्रोन मेमोरीले उक्त उद्देश्य पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे।
प्रकाशित: १८ कार्तिक २०७८, बिहीबार