हिल्सा र लिमीमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा संचालनमा

  • Technology Khabar | १८ कार्तिक २०७८, बिहीबार
हिल्सा र लिमीमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा संचालनमा

काठमाडौं ।

नाम्खा गाउँपालिका–५ को हिल्सा र ६ को लिमीमा वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा सञ्चालन भएको छ । हिमपातले नारालेकमा रहेको टावर बिगारेको र मर्मत कार्य सम्पन्न भएपछि दुवै स्थानमा इन्टरनेट सेवा सञ्चालन भएको हो ।

हिल्साका स्थानीय सुनामबुटी लामाले अवरुद्ध भएको दुई हप्तापछि इन्टरनेट से वा सञ्चालन भएको बताए । उनले यो अवधिमा सञ्चार सम्पर्कविहीन भएको र सो टावरको मर्मतपछि सेवा नियमित भएको बताए ।

नेपाल टेलिकम र एनसेलको मोबाइल सेवासमेत नपुगेको हिल्सामा इन्टरनेट सेवा सञ्चालन भएसँंगै हिल्सावासीलाई सम्पर्क गर्न सहज भएको छ।

यता हिमालपारिको गाउँ लिमीमा पनि वर्ल्डलिङ्कको इन्टरनेट से वा सञ्चालन भएको लिमीको हल्जी गाउँका पेमा तामाङले जानकारी दिए ।

सो क्षेत्रमा पनि दुई हप्तादेखि सेवा अवरुद्ध भएको थियो । हिल्सा प्रहरी चौ कीका प्रहरीको सहयोगबाट सो मर्मत कार्य सम्पन्न भएको तामाङले बताए ।

वर्ल्डलिङ्क हुम्लाका प्रमुख रामजन रावतले नारालेकमा स्थापना गरिएको टावरको डाउन कन्भर्टरमा समस्या आउँदा सेवा अवरुद्ध हुँदै आएको र मर्मत गरिएपछि दुवै स्थानमा इन्टरनेट सेवा सञ्चालन भएको जानकारी दिए । गोरखापत्र

प्रकाशित: १८ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार