फोनलाई भाइरसबाट जोगाउन र डाटा सुरक्षित राख्न सघाउने एन्टिभाइरस एपहरु यस्ता छन्

  • Technology Khabar | १८ कार्तिक २०७८, बिहीबार
फोनलाई भाइरसबाट जोगाउन र डाटा सुरक्षित राख्न सघाउने एन्टिभाइरस एपहरु यस्ता छन्

काठमाडौं ।

हाम्रो जीवन सहज बनाउने स्मार्टफोन ठगहरुका लागि फाइदा उठाउने विषय पनि बन्न सक्छ।

भिन्न भिन्न तरिकाबाट ह्याकर तथा ठगहरुले हाम्रा फोनहरुमा निगरानी गरेर निजी जानकारी तथा विवरणमा अनधिकृत पहुँच गरेर बैंक एकाउन्टबाट रकम पनि निकाल्न सक्छन्।

फोनमा भाइरसको हमला हिजोआज धेरैका लागि टाउको दुखाइको विषय बनेको छ। यस्तो अवस्थामा फोनलाई सुरक्षित राख्नु जरूरी हुन्छ।

यस्ता हमलाहरुबाट फोनलाई सुरक्षित राख्नका लागि भरपर्दा दश एन्टिभाइरसका बारेमा हामी चर्चा गर्दैछाैं।

१. नर्टन मोबाइल सेक्युरिटी – यो एन्टिभाइरसलाई प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ। यो सशुल्क सेवा हो। यसमा एकाउन्ट बनाएपछि तीनओटा सम्म मोबाइलमा इन्स्टल गर्न सकिन्छ। यो एपमा एप एडभाइजर, एन्टि-थेफ्ट फिचर तथा कल ब्लकिङजस्ता सुविधा पाइन्छ।

२. अभास्ट मोबाइल सेक्युरिटी – यदि तपाईँलाई निशुल्क एन्टिभाइरस एप चाहिएको छ भने यो एप डाउनलोड गर्न सक्नुहुन्छ। तर निशुल्क भएकाले यसमा लगातार स्क्रीनमा विज्ञापन आउने गर्दछ। एउटा एकाउन्टबाट थुप्रै डिभाइसमा चलाउन सकिन्छ। यसमा एन्टि-थेफ्ट, वाई-फाई सेक्युरिटी, जंक क्लिनर जस्ता फिचर उपलब्ध छन्।

३. एभीजी एन्टिभाइरस फ्री – यो फ्री एन्टिभाइरस एपमा सबैभन्दा लोकप्रिय छ। तपाईँको फोनका लागि उत्तम सावित हुन सक्छ। यसमा एउटा अकाउन्टबाट थुप्रै डिभाइसमा चलाउन सकिन्छ। यसको सबैभन्दा ठूलो विशेषता भनेको एन्टि-थेफ्ट हो । निशुल्क भएकाले यसमा पनि विज्ञापन आउने गर्छ।

४. क्यास्परस्की इन्टरनेट सेक्युरिटी – एन्ड्रोइड एन्टिभाइरस एपमा यो मालवयर रोक्ने सम्बन्धमा सबैभन्दा उत्कृष्ट मानिन्छ। यसमा पनि एउटा एकाउन्टबाट थुप्रै डिभाइस चलाउन सकिन्छ। एन्टि-थेफ्ट, एन्ड्रोइड वयर सपोर्ट पनि यसको विशेषता हो। यो निशुल्क उपलब्ध हुन्छ।

५ .ट्रेन्ड माइक्रो मोबाइल सेक्युरिटी – यो एपमा पनि एन्टिभाइरसबाहेक थुप्रै फिचरहरु रहेका छन्। एउटा एकाउन्टबाट एउटामात्र डिभाइस चलाउन मिल्ने यो एपको विशेषता पे-गार्ड, सोशल नेटवर्क प्राइभेसी तथा प्यारेन्टल कन्ट्रोल सिस्टम हो।

६. म्याक्याफे मोबाइल सेक्युरिटी फर एन्ड्रोइड – फ्री एन्टिभाइरस क्याटेगरीमा यो निकै उत्कृष्ट एप हो। एउटा एकाउन्टबाट थुप्रै डिभाइस कनेक्ट गर्न सकिने यो एपमा विशेषगरी एन्टि-थेफ्ट तथा प्राइभेसी चेकर जस्ता फिचर रहेका छन्।

७. सोफोस इन्टरसेप्ट एक्स फर मोबाइल – यो फ्री एप हो भने यसमा कुनै विज्ञापन पनि पप-अप हुँदैन यसको सबैभन्दा ठूलो विशेषता एउटा एकाउन्टबाट थुप्रै मोबाइल चलाउन सकिने हो। यसमा क्यूआर कोड स्क्यानर, अथेन्टिकेटर तथा एन्टी-थेफ्टजस्ता फिचर उपलब्ध हुन्छन्।

८. आह्नल्याब भी३ मोबाइल सेक्युरिटी – यो एन्टिभाइरस एपमा पनि एउटा एकाउन्टबाट थुप्रै डिभाइस चलाउन मिल्छ। यसको सबैभन्दा मुख्य विशेषता प्राइभेसी एडभाइजर तथा परफर्मेन्स बूस्टर हो। यो पनि निशुल्क एप हो।

९. अभिरा एन्टिभाइरस सेक्युरिटी – यो एपका लागि पनि कुनै शुल्क तिर्नुपर्दैन। यो एपमा आइडेन्टिटी सेफगार्ड, पर्मिशन म्यानेजर तथा एन्टि-थेफ्ट जस्ता फिचर्स उपलब्ध छन्।

१०. बिटफाइन्डर मोबाइल सेक्युरिटी – यो एपका लागि पनि कुनै शुल्क तिर्नु पर्दैन। तर यो एपमा थुप्रै विशेषता रहेका छन्। यसमा एन्टि-थेफ्ट तथा प्राइभेसी एड्भाइजको सुविधा पाइन्छ। एउटा एकाउन्टबाट एउटा मात्र डिभाइस चलाउन सकिन्छ।

प्रकाशित: १८ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...