स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २० प्रतिशतदेखि रू.३०० सम्मको क्यासब्याक पाइने

  • Technology Khabar | १७ कार्तिक २०७८, बुधबार
स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २० प्रतिशतदेखि रू.३०० सम्मको क्यासब्याक पाइने

काठमाडौं ।

एससीटिद्वारा संचालित स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २० प्रतिशतदेखि रू.३०० सम्म क्यासव्याकको ब्यवस्था मिलाइएको छ। बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स् कमलादी स्थित सजनगोठ, दरवारमार्ग स्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स जस्ता मिष्ठान्न पसलको मिठाई खरिद भुक्तानीमा क्यासव्याक पाउन सक्ने कम्पनीले जानकारी दिएको छ।

यो अफर दीपावलीको सुखद अवसरमा २ देखि ११ नोवेम्बर २०२१ सम्म लागु हुनेछ । सहभागी स्टोरहरूमा कुनै पनि स्मार्ट क्यूआर नेटवर्कको सदस्य वालेट आइएमई पे, प्रभु पे, क्यूपे र मोबाइल बैंकिङ एप (ग्लोबल स्मार्ट) प्रयोग गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकहरूले योजना अवधिभर क्यासब्याकको लागि योग्य हुनेछन्।

यसले नेपालमा स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको कम्पनीले उल्लेख गरेको छ।

प्रकाशित: १७ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...