
काठमाडौं ।
वनवेबले बीटी ग्रुप तथा लियोनार्दो डीआरएससँग नयाँ सम्झोतामा हस्ताक्षर गरेको छ।
वन वेब तथा बेलायती दूरसञ्चार कम्पनी बीटी बीच लो अर्थ अर्बिट स्याटेलाइट कम्युनिकेसन सेवा बीटी ग्रुपमा प्रदान गर्न नयाँ वितरण साझेदारका रुपमा रहने समझदारी भएको हो।
यो सम्झोता मंगलबार २ नोभेम्बरका दिन भएको थियो। यो सम्झोता गत जुलाइमा यी दुई कम्पनीबीच हस्ताक्षर भएको सम्झोतापत्रमा आधारित रहेको र बीटीले परीक्षण गरिरहेको लो अर्थ अर्बिट स्याटेलाइट प्रविधिलाई उपभोक्ताको सञ्चार आवश्यकता पूरा गर्नका लागि आफ्नो हाल चलिरहेको क्षेत्रीय प्रसारण क्षमतामा एकीकृत गराउने बुझिएको छ।
परीक्षण सफल भएपछि बीटीले उपभोक्तासँग आफ्नो पहिलो प्रत्यक्ष परीक्षण सन् २०२२ को शुरुवाततिर गर्ने बुझिएको छ। यो साझेदारीले विशेषगरी बेलायत तथा विश्वको कनेक्टिभिटी सोलुशनको दायरा बढ्ने आकलन गरिएको छ।
वनवेबले आगामी सन् २०२२ को जुनभित्र उत्तरी ध्रुवदेखि ५०औं प्याराललसम्म फै0लिएका ६४८ ओटा लो अर्थ अर्बिट स्याटेलाइटको नेटवर्कमार्फत् विश्वभर नै आफ्ना सेवा पुर्याउने अपेक्षा गरिएको छ।
प्रकाशित: १७ कार्तिक २०७८, बुधबार