काठमाडौं महानगरको सबै प्रकारको कर कनेक्ट आईपीएसबाटै भुक्तानी गर्न सकिने

  • Technology Khabar | १७ कार्तिक २०७८, बुधबार
काठमाडौं महानगरको सबै प्रकारको कर कनेक्ट आईपीएसबाटै भुक्तानी गर्न सकिने

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले सबै कर भुक्तानी कनेक्टआइपिएस मार्फत हुने सुविधाको थालनी गरेको छ। यस सुविधाको लागी काठमाण्डौं महानगरपालिकालाई कनेक्टआइपिएसमा नबिल बैंकमार्फत आवद्ध गराइएको छ।

यस सुविधासँगै करदाताले महानगरपालिकामा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवा शुल्कहरु घरमै बसेर दाखिला गरी प्रारम्भिक मूल्याङ्कन गरी अन्लाईन भुक्तानीको लागी कनेक्टआइपिएस इ पेमेन्ट मार्फत भुक्तानी गर्न सक्नेछन् ।

महानगरपालिकाको राजस्व प्रणालीमा करदाताले आफुलाई पायक पर्ने वडा कार्यालय गई एक पटक आफ्नो मोबाईल नम्बर र ईमेल ठेगाना आवद्ध गराउनु पर्ने हुन्छ।

यसरी आवद्ध गरी सकेपछि करदाताले https://eservice.kathmandu.gov.np/ मा गई आफ्नो युजर नेम र पासवर्ड प्राप्त गरी सोझै विवरण दाखिला गरी रकम भुक्तानीको लागी आफ्नो बैंक खाताबाट कनेक्टआइपिएस मार्फत सजिलै कर तथा राजस्व भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार