बाइटडान्सका संस्थापक झाङ यिमिङले अध्यक्ष पद छोडे

  • Technology Khabar | १७ कार्तिक २०७८, बुधबार
बाइटडान्सका संस्थापक झाङ यिमिङले अध्यक्ष पद छोडे

काठमाडौं ।

टिकटकको माउ कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङले अध्यक्ष पद छोडेका छन्।

गत मे मा आफूले केही समयपछि अध्यक्ष पद छोड्ने घोषणा गरेका उनले हालै यस्तो औपचारिक निर्णय लिएको यस मामलासँग जानकार स्रोतले बताएको रोयटर्सले जनाएको छ।

यिमिङले पद छोडेपछि नयाँ सीईओ लियाङ रुबोले पाँच सदस्यीय बोर्डको अध्यक्ष पद सम्हालेका छन्। उक्त बोर्डमा जनरल एटलान्टिक, सेकिया क्यापिटल, कोयट म्यानेजमेन्ट तथा सस्किहाना इन्टरनेशनल ग्रुप पनि समावेश छन्।

झाङले कुन मितिमा अध्यक्ष पद छोडेको भन्ने स्पष्ट नभएको तथा झाङको कम्पनीमा रहेको ५० प्रतिशत भोटिङ अधिकार के हुन्छ भन्नेमा पनि प्रष्ट छैन।

बाइटडान्सले गत मे मा झाङले यसै वर्षको अन्त्यसम्ममा मुख्य रणनीतिक पदमा जाने बताएको थियो। हालको स्रोतले उक्त योजना परिवर्तन नभएको बताएका छन्।

प्रकाशित: १७ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...