दराज ११.११ मा ११ लाख उत्पादनहरूमा ५ करोड रुपैयाँसम्मको छुट दिने

  • Technology Khabar | १७ कार्तिक २०७८, बुधबार
दराज ११.११ मा ११ लाख उत्पादनहरूमा ५ करोड रुपैयाँसम्मको छुट दिने

काठमाडौं ।

अलिबाबा समूहको दराज अनलाइन शपीङले काठमाडौं मेरियट होटलमा पत्रकार सम्मेलन गरि वर्षकै सबैभन्दा ठूलो एक दिवसीय सेल – ११ लाख उत्पादनहरूमा ५ करोडसम्मको छुट, ११ जनालाई टिभिएस रेडर मोटरसाइकल जित्ने अवसर, र अन्य धेरै अफरका साथ
दराज एपमा कार्तिक २५ (नोभेम्बर ११) को दिन सुरु भइ २४ घण्टामा समापन हुने जनाएको छ ।

दराज प्रयोगकर्ताहरुलाई भव्य सेलमा भव्य मनोरन्जन र धेरै उपहारहरु जित्ने अवसर प्रदान गर्न चर्चित मिडिया व्यक्तित्व सुरज सिंह ठकुरी, मालभिका सुब्बाका र ११ चर्चित सेलिब्रेटीहरू साथ दराजले कार्तिक २४ (नोभेम्बर १०) मा दराज एप मा ११ ११ ग्रान्ड गाला लाइभ प्रत्यक्ष प्रसारण गर्ने पनि जनाएको छ ।

कार्यक्रममा मुख्य वक्ताका रुपमा दराजका प्रबन्ध निर्देशक लिनो अहलेरिङ, चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेल, पेमेन्ट र पार्टनरशिप प्रमुख अरुण फुयाल, र प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदी रहेका थिए भने प्रमुख सञ्चारकर्मी र लोकप्रिय व्यक्तित्वहरूले अतिथिको रूपमा आफ्नो उपस्थिति राखेका थिए। कार्यक्रममा मुख्य वक्ताहरुले अहिलेसम्मकै सबैभन्दा ठूलो ११.११ आयोजना गराउने दराजको तयारीको बारे जानकारी गराए ।

“विश्वको सबैभन्दा ठूलो एकदिवसीय अभियान सेल ११ ११ फेरी सुरु हुन जाँदै छ। तर हाम्रो सम्पूर्ण टोली र हाम्रो प्लेटफर्ममा रहेका १२,०००+ बिक्रेताहरूले गत वर्षदेखि नै यसको लागी धेरै मेहनत गर्दै आएका छन्। देशको लागी एक कठिन वर्ष पछि, नेपालभरका ग्राहक तथा बिक्रेताहरूसँग यो विशेष दिन साझा गर्न पाउँदा हामी निकैनै खुसी छौं। किनभने उत्कृष्ट डिल, थुप्रै छुट र वर्षकै भव्य मनोरञ्जन अनि उत्कृष्ट ग्राहक अनुभव भनेकोनै ११.११ हो,” दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले बताए ।

यसबाहेक ११ ११ अभियानमा रियल मिजीटि नियो टु जीको विशेष लन्चको साथै अन्य विभिन्न कम्पनीका स्मार्टफोन, ट्याब्लेट, साथै फेसन, मोटर, संगीत वाद्ययंत्र, होम डेकोर र इलेक्ट्रोनिक्समा अद्भूत सम्झौताहरू रहेको बताईएको छ ।

प्रकाशित: १७ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १७ कार्तिक २०७८, बुधबार