
काठमाडौं ।
चिप निर्माता क्वालकमले सन् २०४० सम्ममा नेट शून्य स्कोप १, २ र ३ उत्सर्जन हासिल गर्ने योजना घोषणा गरेको छ।
कम्पनीले युएन ग्लोबल कम्प्याक्ट र वी मीन बिजनेस गठबन्धनसँगको साझेदारीमा साइन्स बेस्ड टार्गेट्स इनिसिएटिभ (एसबीटीआई) ले नेतृत्व गरेको अभियानलाई १.५ डिग्री सेल्सियसका लागि व्यापार महत्वाकांक्षालाई समर्थन गर्ने वाचा गरेको छ।
क्वालकमको महत्वाकांक्षी दिगोपन योजनाहरूले यसको विद्यमान हरितगृह ग्यास उत्सर्जन घटाउने लक्ष्यलाई पूरक बनाउँछ, जसमा अन्तरिम २०३० विज्ञानमा आधारित उत्सर्जन घटाउने लक्ष्यहरू स्कोप १, २ र ३ समेत समावेश छन्।
क्वालकमका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत क्रिस्टियानो आमोनले भने, “हाम्रो शुद्ध शून्य लक्ष्य (नेट जीरो टार्गेट) र एसबीटीआई प्रति प्रतिबद्धताले हाम्रो विश्वासलाई प्रतिबिम्बित गर्दछ। वातावरणीय दिगोपन एकदमै अत्यावश्यक छ, महत्त्वपूर्ण सामाजिक र आर्थिक लाभहरूको साथमा क्वालकम र अन्य कर्पोरेट नागरिकहरूको सामूहिक कार्य र नेतृत्व आवश्यक छ।”
क्वालकमले हरितगृह ग्यास उत्सर्जन घटाउन तीन दीर्घकालीन लक्ष्यहरू राखेको छ । जसमा निरपेक्ष स्कोप १ र २ हरितगृह ग्यास उत्सर्जन २०३० सम्ममा ५० प्रतिशत घटाउने; सन् २०३० सम्म २५ प्रतिशत निरपेक्ष स्कोप ३ हरितगृह ग्यास उत्सर्जन घटाउने र सन् २०४० सम्म स्कोप १, २, र ३ को लागि नेट जीरो विश्वव्यापी उत्सर्जनमा पुग्ने समावेश छ।
फर्मले आफ्नो सान डिएगो मुख्यालयमा शत प्रतिशत नवीकरणीय ऊर्जाको लागि छनौट गरेर यी दीर्घकालीन लक्ष्यहरू पूरा गर्न कदमहरू चालिसकेको छ।
यसको रणनीति अनुसार, क्वालकमले दीर्घकालीन ऊर्जा खरिद सम्झौतामार्फत नवीकरणीय ऊर्जामा रुपान्तरण गर्नेछ, यसको सञ्चालनहरू डिकार्बोनाइज गर्नेछ, र अवशिष्ट उत्सर्जनका लागि नवीकरणीय ऊर्जा क्रेडिट र कार्बन अफसेटहरूको न्यूनतम मात्रा प्रयोग गर्नेछ।
यसका साथै कम्पनीले फाइभजीमार्फत समेत कार्वन न्यूनिकरण र दिगोपनाका लागि ध्यान दिने बताईएको छ।
प्रकाशित: १७ कार्तिक २०७८, बुधबार