इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकममा डेढ अर्ब रुपैयाँभन्दा बढीको गिरावट

  • Technology Khabar | १६ कार्तिक २०७८, मंगलवार
इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकममा डेढ अर्ब रुपैयाँभन्दा बढीको गिरावट

काठमाडौं ।

नेपालमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या र रकम पछिल्लो एक महिनामा निकै घटेको पाइएको छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु स्थूल आर्थिक प्रतिवेदनमा भाद्र मसन्तसम्म इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्या ३ लाख १ हजार १२ रहेको पाइएको छ।

यो सङ्ख्या गत श्रावण मसान्तसम्ममा ३ लाख ४० हजार ५२५ रहेको थियो।

यसरी हेर्दा एक महिनाको अवधिमा नेपालमा इन्टरनेट बैंकिङ मार्फत् भएको कारोबार सङ्ख्या ३९ हजार ५१३ ले घटेको छ।

असारबाट श्रावण मसान्तसम्मको १ महिनामा भने यो सङ्ख्या झण्डै ११ हजारले बढेको थियो।

कारोबार रकम पनि १ अर्ब ६६ करोड ७० लाख रुपैयाँले घट्यो

कारोबार संख्यामा ह्रास आएसँगै कारोबार रकममा पनि उस्तै प्रकारले परिवर्तन आउने देखिँदै आएको छ।

अघिल्लो महिना अर्थात् श्रावण मसान्तसम्म इन्टरनेट बैंकिङमार्फत् १५ अर्ब १७ करोड १० लाख रुपैयाँको कारोबार भएकामा भाद्र मसान्तसम्म आइपुग्दा यो रकम १३ अर्ब ५० करोड ४० लाख रुपैयाँमा झरेको छ।

तुलनात्मक हिसाबले हेर्दा एक महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकममा १ अर्ब ६६ करोड ७० लाख रुपैयाँले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित: १६ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार