रोयोल फ्लेक्सपाइ ३ को तस्बिर सार्वजनिक

  • Technology Khabar | १६ कार्तिक २०७८, मंगलवार
रोयोल फ्लेक्सपाइ ३ को तस्बिर सार्वजनिक

काठमाडौं ।

सन् २०१८ को अक्टोबरमा रोयोलले फ्लेक्सपाइ फोल्डेबल स्मार्टफोनको घोषणा गरेको थियो। त्यतिबेला सामसङ र ह्वावेभन्दा अगाडि नै फोल्डेबल स्मार्टफोन ल्याउने खबरले निकै नै चर्चा पाएको थियो।

घोषणा भएको तीन वर्षपछि हाल आएर यो सिरिजको तेस्रो भेरियन्ट आउने भएको हो। इभान ब्लासले फ्लेक्सपाइ ३ को विवरणसहितको फोटो शेयर गरेका हुन्।

Ev on Twitter: “How about this? (Royole F3) https://t.co/Va0L5PuPkP” / Twitter

यो डिभाइसको डिजाइन गत फेब्रुअरीमा टीनाको सूचीमार्फत् बाहिरिएको थियो।

आउँदै गरेको फोल्डेबल डिभाइस यसअघिका भेरियन्टमा झैं बाहिरपट्टि फोल्ड हुने डिजाइनमा रहने र यसमा पनि दोस्रो स्क्रीन नहुने बुझिएको छ।

यसमा माथिपट्टि पप अप सेल्फी क्यामरा रहनेछ। पछाडिपट्टि भने वर्गाकार हाउजिङमा डुअल क्यामरा सेटअपका साथमा एलईडी फ्ल्याश रहेको छ।

यसबाहेक दुई ओटा ब्याक प्यानल पूर्ण रुपमा बन्द गर्नका लागि उत्रै आकारको कट-आउट दिइएको छ।

प्रकाशित: १६ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार