भारतमा ब्रोडब्यान्ड शुरु गर्दै इलन मस्कको स्पेसएक्स, रिलायन्स र एयरटेलसँग कडा प्रतिस्पर्धा हुने

  • Technology Khabar | १६ कार्तिक २०७८, मंगलवार
भारतमा ब्रोडब्यान्ड शुरु गर्दै इलन मस्कको स्पेसएक्स, रिलायन्स र एयरटेलसँग कडा प्रतिस्पर्धा हुने

काठमाडौं ।

इलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सले भारतमा ब्रोडब्यान्ड इन्टरनेट सेवा शुरु गरेको छ।

मस्क स्थानीय ब्रोडब्यान्ड सञ्चालन गर्ने ठूलो योजनाका साथ भारत आएका हुन्।

सोमबार स्पेसएक्स अन्तर्गतको ब्रोडब्यान्ड विभाग स्टारलिंकले  आफ्नो शाखा भारतमा शुरु गरेको हो। कम्पनीले भारतमा स्थानीय ब्रोडब्यान्ड सञ्चालन गर्ने एक वरिष्ठ अधिकारीले बताए।

भारतमा खोलिएको सहायक कार्यालयले इजाजत लिनका लागि आवेदन दिने बुझिएको छ।

स्टारलिंकको सेवाले भारतको ब्रोडब्यान्ड क्षेत्रमा मुकेश अम्बानीको रिलायन्स जियो तथा सुनिल मित्तलको भारती एयरटेलका साथमा भोडाफोन आइडियालगायतका अन्य केही बहुराष्ट्रिय कम्पनीहंसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ।

यसबाहेक भारती ग्रुपको समर्थनमा सञ्चालित वन वेब स्टारलिंकको मुख्य प्रतिस्पर्धी रहने बुझिएको छ।

कम्पनीले सञ्चालन अनुमति लिएर छिटोभन्दा छिटो सेवा शुरु गर्ने योजना बनाएको छ। वास्तवमा स्पेसएक्सको स्याटेलाइट ब्रोडब्यान्ड विभाग स्टारलिंकले आगामी २०२२ डिसेम्बरदेखि भारतमा ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

कम्पनीले त्यसका लागि हाल २ लाख टर्मिनल स्याटेलाइटबाट सिग्नल तान्ने एन्टेना वितरण गर्ने योजना बनाएको र यसका लागि सरकारी इजाजतको पर्खाइमा रहेको बुझिएको छ।

प्रकाशित: १६ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार