बंगलादेशको नम्बर १ ब्राण्ड सिम्फोनीका मोबाइलहरु नेपाली बजारमा उपलब्ध

  • Technology Khabar | १६ कार्तिक २०७८, मंगलवार
बंगलादेशको नम्बर १ ब्राण्ड सिम्फोनीका मोबाइलहरु नेपाली बजारमा उपलब्ध

काठमाडौं ।

बंगलादेशको नम्बर १ मोबाइल ब्राण्ड सिम्फोनीका मोबाइलहरु नेपाली बजारमा औपचारिकरुपमा उपलब्ध भएका छन्।

नेपालको लागि सिम्फोनी मोबाइलको आधिकारीक आयातकर्ता तथा बितरक एपेक्स ग्रुपले सोमबारदेखि नेपालभर मोबाइल फोन उपलब्ध भएको जानकारी दिएको छ।

कम्पनीकाअनुसार पहिलो चरणमा तीनवटा स्मार्टफोन मोडलहरु आई३२, एटम टू र जेड ३३ स्मार्टफोनहरु नेपाली बजारमा भित्र्याईएको छ। जसमा सिम्फोनी आई ३२ को बजार मूल्य ८,३३९ रुपैयाँ तोकिएको छ भने एटम टूको बजार मूल्य ११,२२९ रहेको छ । त्यसैगरि सिम्फोनी जेड३३ स्मार्टफोनको मूल्य १३,४८९ रुपैयाँ रहेको छ।

एपेक्स ग्रुपका सेल्स एण्ड मार्केटिङ हेड अशोक गौतमले नेपाली ग्राहकहरुलाई सस्तो मूल्यमा अधिक फिचर र सुबिधाहरु भएका फोन उपलब्ध गराउने उद्धेश्यले सिम्फोनी मोबाइल बजारमा आएको जानकारी दिए ।

“हामी आक्रामकरुपमा ब्राण्डलाई अगाडी लानेछौं र ग्राहकहरुलाई सस्तो मूल्यमा गुणस्तीय फोन उपलब्ध गराउनेछौं,” उनले भने ।

कम्पनीले आगामी दिनमा थप मोडलहरु समेत लन्च गर्ने योजना लिएको जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार