शाओमीले एक घण्टामा बेच्यो ५ लाख थान रेडमी नोट ११ स्मार्टफोन

  • Technology Khabar | १६ कार्तिक २०७८, मंगलवार
शाओमीले एक घण्टामा बेच्यो ५ लाख थान रेडमी नोट ११ स्मार्टफोन

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड शाओमीले एक घण्टामा रेडमी नोट ११ सिरिजका ५ लाख स्मार्टफोन बिक्री गरेको छ।

कम्पनीको पहिलो फ्ल्याश सेलका बेला यस्तो बिक्री भएको कम्पनीको दावी छ।

आधिकारिक स्रोतका अनुसार एक घण्टाको अवधिमा ५ लाख थान रेडमी नोट ११ सिरिजका स्मार्टफोन बिक्री गरेको हो। यो आँकडामा रेडमी नोट ११ प्रो र नोट ११ प्रो+ को समावेश छन्।

यो सिरिजको मूल्य १, १९९ चिनियाँ युआन अर्थात् १८५ डलरबाट शुरु छ। डाइमेन्सिटी ८१० चिपसेट युक्त यो डिभाइसमा ३३ वाटको फास्ट चार्जिङ प्रविधिका उपलब्ध छ।

९० हर्ज रिफ्रेश रेटसहितको ६.६ इन्चको एलसीडी डिस्प्ले रहेको यो डिभाइसको स्पेसिफिकेशन प्रो+ को भन्दा केही कम छ।

उता रेडमी ११ प्रो भेरियन्टमा भने डाइमेन्सिटी ९२० चिपसेट, क्वाड क्यामरा सेटअपका साथमा डिस्प्लेको रिफ्रेश रेट १२० हर्ज रहेको छ।

शाओमी तथा रेडमीले आगामी फ्ल्याश सेलको मिति तोकेका छैन तर कम्पनीले आगामी ११.११ इभेन्टका बेला अझै बढी बिक्री तथा प्रि अर्डर प्राप्त हुने अपेक्षा गरेको छ।

प्रकाशित: १६ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार