चर्चित लेखिका तस्लिमा नसरीनको फेसबुक एकाउन्टमा प्रतिबन्ध

  • Technology Khabar | १५ कार्तिक २०७८, सोमबार
चर्चित लेखिका तस्लिमा नसरीनको फेसबुक एकाउन्टमा प्रतिबन्ध

काठमाडौं ।

चर्चित लेखिका तस्लिमा नसरीनको फेसबुक एकाउन्टमा प्रतिबन्ध लगाइएको छ। इस्लामिक कट्टरपन्थी विरुद्ध आवाज उठाउने बंगलादेशी लेखिकाको फेसबुक एकाउन्ट ७ दिनका लागि प्रतिबन्धित भएको छ।

तस्लिमा नसरीनले ट्वीट गर्दै आफैंले यो जानकारी दिएकी हुन् ।

तस्लिमा नसरीनले उक्त सामग्री समेत आफ्नो ट्वीटमा सेयर गरेकी छिन्, जे लेखेपछि उनको एकाउन्ट सस्पेन्ड गरिएको थियो।

तस्लिमा नसरीनको खाता फेसबुकले प्रतिबन्ध गरेको यो पहिलो पटक भने होइन। यसअघि पनि उनको फेसबुक एकाउन्ट बन्द भएको थियो ।

उनले हालैका दिनहरूमा बंगलादेशमा भएका हिन्दू विरोधी हिंसाका घटनाहरूका बारेमा लेखेकी छन्। हिन्दू विरोधी हिंसाबाट आक्रोशित हुँदै उनले आफ्नो देश अहिले जिहादीस्तान बन्दै गएको भन्दै सरकारले आफ्नो राजनीतिक फाइदाका लागि धर्मलाई प्रयोग गरिरहेको र मदरसाहरू कट्टरपन्थी सिर्जना गर्न लागिरहेको बताईन् ।

प्रकाशित: १५ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार