रेडमीद्वारा १.४७ इन्च ओएलईडी स्मार्ट ब्यान्ड प्रो को घोषणा

  • Technology Khabar | १५ कार्तिक २०७८, सोमबार
रेडमीद्वारा १.४७ इन्च ओएलईडी स्मार्ट ब्यान्ड प्रो को घोषणा

काठमाडौं ।

केही समययता हल्लाका रुपमा रहेको रेडमीको स्मार्ट ब्यान्ड प्रो को हालै कम्पनीले आधिकारिक घोषणा गरेको छ। नाममा प्रो भएकाले पनि आउँदै गरेको यो नयाँ भर्सनमा अझ बढी फिचरहरु हुने अपेक्षा गरिएको छ।

बाहिर आएको विवरण अनुसार यसमा ४५० निटसहितको १.४७ इन्चको एमोलेड डिस्प्ले रहनेछ भने यसको अधिकतम ब्राइटनेस प्रति पिक्सेल इन्च २८२ रहने बुझिएको छ।

नाइलन र प्लास्टिकको मिश्रण रहेको पोलिक्याप्रोल्याक्टमबाट निर्मित यसमा सुरक्षाका लाग २.५ कर्भ्ड टेम्पर्ड ग्लास दिइएको छ।

यो डिभाइसमा ५० मिटरसम्म पानी नछिर्ने बताइएको छ भने यसको स्ट्र्याप सिलिकनबाट बनेको छ।

सेन्सरहरुका हिसाबले यसमा एक्सलरोमिटर, जाइरोस्कोप तथा पीपीजी हार्ट रेट मनिटर उपलब्ध छन्।

यो डिभाइसले ११० भन्दा बढी वर्कआउट मोड डिटेक्ट गर्न सक्ने रेडमीको दावी छ। यसबाहेक एसपीओ२ ब्लड अक्सिजन ट्र्याकिङ पनि यसमा उपलब्ध रहेको छ।

यो डिभाइसले ११० भन्दा बढी वर्कआउट मोड डिटेक्ट गर्न सक्ने रेडमीको दावी छ। यसबाहेक एसपीओ२ ब्लड अक्सिजन ट्र्याकिङ पनि यसमा उपलब्ध रहेको छ।

यसमा पावरका लागि २०० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने यसले १४ दिनसम्मको ब्याकअप दिने कम्पनीले दावी गरेको छ।

प्रकाशित: १५ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • १५ कार्तिक २०७८, सोमबार