सबैभन्दा बढी निष्ठावान् ग्राहक एप्पलका, ९० प्रतिशतले आईफोन नै किन्छन् : रिपोर्ट

  • Technology Khabar | १५ कार्तिक २०७८, सोमबार
सबैभन्दा बढी निष्ठावान् ग्राहक एप्पलका, ९० प्रतिशतले आईफोन नै किन्छन् : रिपोर्ट

काठमाडौं ।

कन्जुमर इन्टेलिजेन्स रिसर्च पार्टनरशिप (सीआईआरपी)ले गरेको एक अनुसन्धानले अमेरिकी जनता कुन ब्रान्डको स्मार्टफोनमा बढी निष्ठावन् छन् भन्ने निष्कर्क्ष निकालेको छ।

अपेक्षाकृत रुपमा ९० प्रतिशतभन्दा बढी अमेरिकी एप्पल प्रयोगकर्ताले पुरानोबाट नयाँ डिभाइसमा जाँदा आईफोन नै किन्ने गरेको पाइएको छ।

संस्थाका अनुसार एप्पलका प्रयोगकर्ताको उक्त ब्रान्डप्रतिको प्रतिबद्धताको मुख्य कारण यो कम्पनी आईओएस डिभाइसको एक मात्र निर्माता भएकाले बुझिएको छ।

प्रयोगकर्ताहरु आफूलाई बानी परेभन्दा फरक तरिकाले स्वाद वा अन्य गतिविधि गर्नमा रुची नलिने भएकाले एप्पलबाट एप्पल डिभाइसमै जाने गरेका हुन्।

यसको ठिक उल्टो एन्ड्रोइड यूजरहरु भने एकबाट अर्को ब्रान्डमा गइरहेको पाइएको छ।

यूजरको निष्ठाका हिसाबले एप्पलपछि सामसङ ब्रान्ड आउँछ। दक्षिण कोरियाका स्मार्टफोन यूजरमध्ये ७० प्रतिशतभन्दा केही कमले आफ्नो आगामी डिभाइसकारुपमा ग्यालेक्सीलाई नै रोज्ने गरेको तथ्याङक छ।

यो सूचीमा ४० प्रतिशत हाराहारीको आँकडासहित मोटोरोला तेस्रो नम्बरमा परेको छ। यो अध्ययन अमेरिकामा गरिएकाले चिनियाँ ब्रान्डका स्मार्टफोन समावेश छैनन्।

प्रकाशित: १५ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार