वैश्विक चिप अभाव छिट्टै समाप्त हुने सम्भावना छैन: रिपोर्ट

  • Technology Khabar | १५ कार्तिक २०७८, सोमबार

काठमाडौं ।

गत वर्षदेखि व्याप्त वैश्विक चिप अभाव छिट्टै समाप्त नहुने देखिएको छ।

हालै बाहिर आएको एक सर्वेक्षण रिपोर्टका अनुसार चिप उत्पादनमा भइरहेको ढिलाइका काण विभिन्न कम्पनीका व्यवसाय घट्दै गएको छ।

सस्किहाना फाइनान्सियल ग्रुप नामक एक अमेरिकी लगानी कम्पनीका अनुसार आउँदो ग्रीष्मकालीन समयमा पठाउनुपर्ने चिपको अर्डरका लागि केवल १९ हप्तामात्र बाँकी छ।

अक्टोबरसम्म चिप बनाउने कोरको अभाव झन् बढेर गएको छ। यसले औसत डेलिभरी समय २२ हप्ता पुर्याएको छ।

अटोमोबाइलका लागि पावर म्यानेजमेन्ट कम्पोनेन्ट तथा माइक्रोकन्ट्रोलर लगायतका अति अभाव भएका चिपहरुका कारण पनि डेलिभरी समय अझ बढ्दै गएको पाइएको छ।

कन्जुमर इलेक्ट्रोनिक्समा सबैभन्दा शीर्ष मानिने एप्पलले समेत पछिल्लो आम्दानी सार्वजनिक गर्ने इभेन्टका क्रममा कोरको अभावका कारण चिप आपूर्तिमा अझ समस्या थपिएको जनाएको थियो।

पछिल्लो तथ्याङ्क अनुसार वर्तमानमा ट्रान्समिसन चिप, मेडिकल चिप, अटोमोटिभ चिप तथा ई-सिगरेटलगायतमा भएको कोर अभावको समस्या सुल्झिन सकेको छैन।

थुप्रै चिप निर्माताहरुले कोरको अभावबारे चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित: १५ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया