पानासोनिकको प्रोटोटाइप ब्याट्री हालको ब्याट्रीको तुलनामा पाँच गुणा धेरै टिक्ने

  • Technology Khabar | १५ कार्तिक २०७८, सोमबार
पानासोनिकको प्रोटोटाइप ब्याट्री हालको ब्याट्रीको तुलनामा पाँच गुणा धेरै टिक्ने

काठमाडौं ।

टेस्लाको लागि ब्याट्री आपूर्तिकर्ता पानासोनिकले तयार पारेको प्रोटोटाइप ब्याट्रीमा हालको ब्याट्रीको पाँच गुणा स्टोरेज क्षमता रहेको छ यो ब्याट्री बनाउनको लागि अहिलेको तुलनामा ५० प्रतिशत कम लागत लाग्ने बताईएको छ।

जापानको पानासोनिकले हालको ब्याट्री भन्दा पाँच गुणा बढी भण्डारण क्षमता भएको अझ उन्नत प्रोटोटाइप ब्याट्री सार्वजनिक गरेको छ।

पानासोनिक हाल अमेरिकी इलेक्ट्रिक कार जायन्ट टेस्लाको ब्याट्री आपूर्तिकर्ता हो, र यसको नयाँ ब्याट्री प्रोटोटाइप एक मिडिया राउन्डटेबलको क्रममा अनावरण गरिएको अटोमोटिभ न्यूजले रिपोर्टमा उल्लेख गरेको छ।

पाँच गुणा लामो समयसम्म टिक्न सक्ने क्षमताको अलावा, पानासोनिकको प्रोटोटाइप ब्याट्री बनाउनका लागि अहिलेको तुलनामा ५० प्रतिशत कम खर्च लाग्नेछ र दशकको अन्त्यसम्ममा जापानी कम्पनीले १०० गुणाले उत्पादन बढाउनेछ।

पानासोनिकको ब्याट्री प्रमुख काजुओ ताडानोबुले ब्याट्री प्रोटोटाइपले टेस्लासँगको व्यापारिक सम्बन्धलाई गहिरो बनाउन मद्दत गर्ने बताएको रिपोर्टमा उल्लेख छ।

प्रकाशित: १५ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

डिजिटल आर्टः नयाँ युगको प्रतिनिधित्व

  • Technology Khabar
  • १५ कार्तिक २०७८, सोमबार