नेपाल टेलिकमले फोरजीमा एनसेललाई उछिन्यो, यस्तो छ तथ्याङ्क

  • Technology Khabar | १४ कार्तिक २०७८, आईतवार
नेपाल टेलिकमले फोरजीमा एनसेललाई उछिन्यो, यस्तो छ  तथ्याङ्क

काठमाडौं ।

नेपाल टेलिकमले फोरजी ग्राहकको सङ्ख्यामा एनसेललाई उछिनेको छ।

हाले नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको भाद्र महिनासम्मको एमआईएस प्रतिवेदन अनुसार नेपाल टेलिकमका फोरजी ग्राहकको संख्या ६२ लाख ६८ हजार ३९ पुगेको छ। यसैगरी यसअघि सधैं अग्रणी स्थानमा रहँदै आएको एनसेलको फोरजी ग्राहक संख्या भने ५७ लाख २५ हजार ७८० छ।

यसरी हेर्दा भाद्र मसान्तसम्ममा नेपाल टेलिकमले एनसेललाई फोरजी ग्राहकको संख्यामा ४ लाख ९२ हजार २५९ ने उछिनेको देखिन्छ।

यो सूचीमा स्मार्ट टेलिकम १, ७६, ६८६ संख्याको साथमा तेस्रो स्थानमै रहेको छ।

एक महिनाअघि अर्थात् आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना श्रावणमा नेपाल टेलिकमका फोरजी ग्राहकको संख्या ५३ लाख ४० हजार ३५३ रहेकामा एक महिनाको अवधिमा ९, २७, ६८६ ग्राहक थप गर्न सफल भएको हो।

सोही अवधिमा सबैभन्दा धेरै फोरजी ग्राहकसहित शीर्ष स्थानमा रहेको एनसेलको संख्या भने ५५ लाख ११ हजार ३८६ रहेको थियो।

श्रावणमा १ लाख ७१ हजार ३३ ले अगाडि रहेको एनसेलले एक महिनाको अवधिमा २ लाख १४ हजार ३९४ मात्र थप गर्न सकेकाले अछिल्लो महिनाको तुलनामा ९ लाख २७ हजार भन्दा बढी ग्राहक थप्न सफल नेपाल टेलिकमले पहिलोपटक एनसेललाई झण्डै ५ लाख हाराहरीले पछाडि पारेको हो।

प्रकाशित: १४ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...