
काठमाडौं ।
यस वर्षको तेस्रो त्रैमासमा एप्पल विश्वभरमा सबैभन्दा बढी स्मारटफोन बिक्री गर्ने कम्पनीहरुको सूचीमा पुन: दोस्रो नम्बरमा उक्लन सफल भएको छ।
वैश्विक चिप अभावका कारण समग्र स्मार्टफोन बिक्रीमा ६ प्रतिशतले गिरावट आएको यो वर्षको तेस्रो त्रैमासमा सामसङ पहिले झैं शीर्ष स्थानमा रहेको छ भने एप्पलले दोस्रो स्थान फेरि प्राप्त गर्न सफल भएको हो।
अनुसन्धान संस्था क्यानालिसिसका अनुसन्धान विश्लेषक ले शुआन चिउका अनुसार आईफोन १३ को प्रिअर्डर तथा शुरुवाती बिक्री उल्लेख्य भएको र यसपाला कोरोनाको जोखिम कम भएकाले कम्पनीले आफ्ना भोतिक स्टोरहरुलाई पनि उल्लेख्य उपयोग गर्न सकेको हो।
उपभोक्ताले पनि २ ३ वर्ष पुरानो आईफोनलाई सुधारिएको क्यामरा, ब्याट्री लाइफ तथा फाइभजी सपोर्टसहित अपग्रेड गर्ने राम्रो मोका भेटेकाले पनि विश्वव्यापी बिक्री बढन्मा सहयोग पुर्याएको उनको भनाइ थियो।
क्यानालिसिका अनुसार एप्पलले यो त्रैमासमा ४ करोड ९२ लाख स्मार्टफोन बिक्री गरेको र यो आँकडा वार्षिक रुपमा १४ प्रतिशतले वृद्धि भएको बुझिएको छ।
यता सामसङको बिक्री भने गत वर्षको भन्दा १३ प्रतिशतले घटेर ६ करोड ९४ लाखमा झरेकव थियो। तर पनि २१ प्रतिशत बजार हिस्सा ओगट्दै तेस्रो त्रैमासमा सूचीको पहिलो स्थानमा तथा एप्पल भने १५ प्रतिशत हिस्सा ओगट्दै दोस्रो स्थानमा रहेका हुन्।
चिनियाँ स्मार्टफोन कम्पनी ४ करोड ४० लाख थान स्मार्टफोन बिक्री गरेर १४ प्रतिशत बजार हिस्सासहित तेस्रो नम्बरमा रहेको छ।
अन्य चिनियाँ कम्पन ओपो तथा भिभो पनि ३ करोड ६७ लाख थान तथा ३ करोड ४२ थान बिक्रीसहित क्रमश: चाैथो तथा पाँचाैं स्थानमा रहेका छन्।
प्रकाशित: १४ कार्तिक २०७८, आईतवार