फेसबुकबाट भर्खरै रिब्रान्ड गरिएको मेटाले भीआर फिटनेस एप निर्माता ‘विदिन’ को स्वामित्व ग्रहण गर्ने

  • Technology Khabar | १४ कार्तिक २०७८, आईतवार
फेसबुकबाट भर्खरै रिब्रान्ड गरिएको मेटाले भीआर फिटनेस एप निर्माता ‘विदिन’ को स्वामित्व ग्रहण गर्ने

काठमाडौं ।

फेसबुक रिब्रान्ड भएर बनेको मेटाभर्सले विभिन्न अन्य कम्पनीको स्वामित्व ग्रहण गर्न थालेको छ। यसै क्रममा हालै कम्पनीले भीआर वर्कआउट सर्भिस सुपरनेचुरल निर्माता कम्पनी विदिनको स्वामित्व लिने भएको हो।

द भर्जका अनुसार मेटाले हलै सुपरनेचुरलको स्टुडियो पनि आफूमै समाहित हुने बताउँदै ओक्युलस डिभिजनका लागि प्रयोगमा आइरहेका स्टुडसयोको सूचीमा यो पनि पर्ने जानकारी दिएको छ।

मेटाले विदिनले आफ्नो चर्चित फिटनेस एपमा काम गरिरहने र मेटाको रियालिटी ल्यासलाई भीआर फिटनेस एपका लागि भविष्यमा हार्डवयरमार्फत् सहयोग गर्ने बताएको छ।

सुपरनेचुरल भर्चुअल रियालिटी फिटनेसका क्षेत्रमा निकै सफल र चर्चित नाम हो। मुभमेन्टमा  आधारित हुनु र हाइ इम्प्याक्ट कार्डियो यसका मुख्य विशेषता हुन्।

केही समययता विश्वभर नीति निर्माता तथा नियामकहरुले उसमाथि बजारमाथि एकलाैटी नियन्त्रण गरेको आरोपसहित आलोचना गर्न थालेपछि फेसबुकले हालै रिब्रान्ड गरेर मेटा नाम दिएको हो।

प्रकाशित: १४ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार