Technology Khabar १४ कार्तिक २०७८, आईतवार
काठमाडौं ।
राष्ट्रिय बाणिज्य बैंकले अनलाइनमार्फत मात्र आवेदन दिन सकिने गरी विभिन्न तह तथा पदमा पदपूर्ति खुलाएको छ।
बैंककाअनुसार रिक्त रहेका विभिन्न तह र पदमा लोक सेवा आयोगको सहमति अनुसार खूला प्रतियोगिताद्वारा स्थायी पदपुर्ति गर्नुपर्ने भएकोले आवश्यक न्युनतम शैक्षिक योग्यता पूगेका तथा कुनै वात कसूर नलागेका इच्छुक योग्य नेपाली नागरिकहरूबाट कात्तिक १५ गतेदेखि अनलाइन दरखास्त फाराम भर्न आह्वान गरेको छ।
बैंकले तोकेको अनलाइन दरखास्त फाराममा भर्नुपर्ने सम्पुर्ण विवरणहरू भरी सो साथ आफ्नो नेपाली नागरिकता र दरखास्त दिने पदका लागि तोकिएको अन्तिम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभूवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र र पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा स्क्यान गरी अट्याच गर्नुपर्नेछ।
यसका लागि बैंकले विभिन्न योग्यता, मापदण्ड तथा नियमहरु तोकेको छ।
अनलाइन दरखास्त फाराम भर्न बाणिज्य बैंकको वेबसाइट https://recruitment.rbb.com.np मा गई त्यहाँ राखिएको निर्देशन अनुसार भर्न सकिनेछ ।
परीक्षा दस्तूर समेत अनलाइन मार्फत उपलब्ध गराइएका माध्यम (आरबीबी मोबाइल बैंकिङ्ग वा इसेवा वा खल्ती वा नमस्तेपे वा तोकिएका अन्य) बाट बुझाउनुपर्नेछ। यसका साथै परीक्षा दस्तूर नगदमा बुझ्ने व्यवस्था नरहेको व्यहोरा समेत जानकारी दिएको छ।
यसरी बुझाउनुस् दरखास्त शुल्क
प्रकाशित: १४ कार्तिक २०७८, आईतवार