गुगलले आफ्नो चिपसेट टेन्सरको दोस्रो जेनेरेसनमा काम गर्दै

  • Technology Khabar | १३ कार्तिक २०७८, शनिबार
गुगलले आफ्नो चिपसेट टेन्सरको दोस्रो जेनेरेसनमा काम गर्दै

काठमाडौं ।

गुगलले आफैंले तयार पारेको चिपसेटको नयाँ पुस्ताको चिप ल्याउने तयारी गरेको छ। कम्पनीले पिक्सेल ६का साथमा आफ्नै चिपसेट ‘टेन्सर’ सार्वजनिक गरेको थियो।

कम्पनीले हालै सार्वजनिक गरेको पिक्सेल ६ परिवारको स्रोत कोड भित्र एउटा रोचक सन्दर्भ भेटिएको छ जहाँ त्यस बारे केहि जानकारी भएको नाइन टू फाइभ गुगलले उल्लेख गरेको छ। यसले कोडनाम “क्लाउड्रिपर” को साथ दोस्रो-जेनेरेसनको गुगल टेन्सर चिपसेट जस्तो देखिन्छ भनेर उल्लेख गर्दछ।

अनुसन्धान टोलीको विश्वास छ कि क्लाउड्रिपर वास्तवमा चिपसेटको नाम होइन न त यो अर्को वर्षको पिक्सेल ७ को नाम हो। यो सम्भवतः चिप परीक्षण गर्न प्रयोग गरिने प्लेटफर्मको कोडनेम हो, जसले मोडेल नम्बर जीएस २०१ प्रयोग गर्दछ। त्यसलाई हालको टेन्सर चिपसेटको मोडेल नाम जीएस १०१ सँग तुलना गरिएको छ।

पिक्सेल ६मा फेला परेको जीएस १०१ सँग तुलना गर्दा, यो चिप पूर्णरुपमा नयाँ पुस्ताको जस्तो देखिन्छ, जसले हरेक वर्ष मोडेल नम्बर १०० ले वृद्धि गरिने बताउँछ।

यो संभवत नयाँ पिक्सेल ७ स्मार्टफोनका साथमा आउन सक्दछ। तर पिक्सेल ७ स्मार्टफोन आउन करिब १ वर्ष बाँकी रहेको हुँदा तत्कालै केहि भन्न सकिँदैन् ।

प्रकाशित: १३ कार्तिक २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...