नेटफ्लिक्सले आरोही निर्मल पुर्जाको हिमाल आरोहण बारे डकुमेन्ट्री देखाउने

  • Technology Khabar | १३ कार्तिक २०७८, शनिबार
नेटफ्लिक्सले आरोही निर्मल पुर्जाको हिमाल आरोहण बारे डकुमेन्ट्री देखाउने

काठमाडौं ।

आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल १ सय ८९ दिनमा चढेर कीर्तिमान राखेका नेपाली आरोही निर्मल पुर्जाबारे नेटफ्लिक्सले डकुमेन्ट्री देखाउने भएको छ।

फोर्टिन पिक्सः नथिङ इज इम्पोसिबल (14 Peaks: Nothing is Impossible) नामक डकुमेन्ट्री फिल्म आगामी २९ नोभेम्बरमा नेटफ्लिक्समार्फत संसारभर रिलिज हुने आईएमडीबीको वेबसाइटमा उल्लेख छ।

पुर्जाले समेत सो बारेमा आफ्नो ट्विटमार्फत जानकारी दिएका छन्। उनले सो डकुमेन्ट्री १९१ देशमा रिलिज गरिने जानकारी दिएका हुन् । नेटफ्लिक्स १ सय ९१ देशमा उपलब्ध छ भने २० करोड ४० लाख भन्दा बढी सदस्य छन् । तिनै दर्शकका लागि यो फिल्म ३१ फरक भाषामा डब्ड पनि हुने निर्मल पुर्जाले ट्विटमार्फत जानकारी दिएका छन् ।

उनको बारेमा यात्रा र साहसिक कथा बोल्ने डकुमेन्ट्री १ घण्टा ४१ मिनेटको छ। तोरक्वेल जोन्सले निर्देशन गरेको यो फिल्म जोन्ससहित गाब्रिएल क्लार्कले संयुक्त रूपमा लेखेका हुन् । नेटफ्लिक्सले पनि आफ्नो वेबसाइटमा निर्मल पुर्जाको यो फिल्मबारे सूचना रोखेको छ।

प्रकाशित: १३ कार्तिक २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार