ट्विटरले ‘ट्विटर ब्लू’ सब्सक्राइबरलाई छिट्टै केही नयाँ फिचरहरु परीक्षणका लागि उपलब्ध गराउने

  • Technology Khabar | १३ कार्तिक २०७८, शनिबार
ट्विटरले ‘ट्विटर ब्लू’ सब्सक्राइबरलाई छिट्टै केही नयाँ फिचरहरु परीक्षणका लागि उपलब्ध गराउने

काठमाडौं ।

ट्विटरले आफ्ना ट्विटर ब्लूका सब्स्क्राइबरहरुलाई छिट्टै केही नयाँ फिचरहरु परीक्षणका लागि उपलब्ध गराउने भएको छ।

आधिकारिक रुपमा सार्वजनिक हुनुअघि नयाँ फिचरहरु धेरै समय परीक्षण गर्ने ट्विटरको पुरानै चलन भए पनि यसपाला भने कम्पनीले केही यूजरहरुलाई नै आउँदै गरेका फिचरहरु परीक्षणका लागि उपलब्ध गराउन लागेको हो।

बुधबार ट्विटरले आफ्ना सशुल्क ट्विटर ब्लू सब्स्क्राइबरले नयाँ ल्याब्स नामक ब्यानर अन्तर्गत यी फिचरहरु परीक्षण गर्न पाउने बताएको हो।

यो यूट्युबका प्रिमियम सब्स्क्राइबरहरुका लागि उपलब्ध ल्याब्स फिचर जस्तै हो।

https://twitter.com/TwitterBlue/status/1453457352426803202

ट्विटरले हाल उपलब्ध गराउने फिचरमा आईओएसमा पिन गरिएका संवाद तथा डेस्कटप कम्प्युटरबाट लामा भिडियो सामग्री अपलोडलगायतका रहेका छन्।

आईओएसमा पिन गरिएका यस्ता संवादलाई यस फिचर अन्तर्गत आफ्ना डीएमको सूचीको माथि राख्न सकिनेछ।

प्रकाशित: १३ कार्तिक २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार