
काठमाडौं ।
ह्वावेद्वारा त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) का विद्यार्थीहरूका लागि ‘मोबाइल एप उद्योगको भविष्य’ सम्बन्धी छलफल गरेको छ।
आफ्नो डिजिटल प्रतिभा विकास इकोसिस्टम पहलको एक भागको रूपमा, ह्वावेले इन्जिनियरिङ इन्स्टिच्युट (आईओई) का विद्यार्थीहरूको लागि ‘मोबाइल एप उद्योगको भविष्य’ बिषयमा वेबिनारको आयोजना गरेको हो।
ह्वावे टेक्नोलोजीजले त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङसँगको सहकार्यमा अक्टोबर २६ तारिखमा गरेको वेबिनारले ह्वावे र आईओई बिचको शैक्षिक मोर्चामा सहकार्यको सुरुवात गरेको छ ।
ह्वावे नेपालका सीईओ विलियम झाङले नेपालमा ह्वावेको योगदानको बारेमा जानकारी दिएका थिए । उनले नेपालको डिजिटल अर्थतन्त्रलाई गति दिन डिजिटल प्रतिभालाई तालिम दिने ह्वावेको योजनाबारे छलफल गरे।
ह्वावे ईन्डियाका एसोसिएट उपाध्यक्ष मुरली वीले ह्वावे मोबाइल सेवाहरू, यसका सुविधाहरू, इच्छुक विकासकर्ताहरूको लागि दर्ता प्रक्रिया, र ह्वावे समुदायको योगदानका सम्भावनाहरूका बारेमा विद्यार्थीहरुलाई बताएका थिए ।
उनले ह्वावे द्वारा प्रस्तावित एचएमएस (५ हप्ताको फाउन्डेशन कोर्स)को बारेमा पनि स्पष्ट पारेका थिए। निशुल्क पाठ्यक्रम तथा प्रशिक्षकद्वारा नेतृत्व गरी सन्चालन गर्ने तालिम, सर्टिफिकेसन कार्यक्रम हो जुन ह्वावेले विद्यार्थीहरूको सीप वृद्धि गर्न र उनीहरूलाई उद्योगको लागि तयार पार्न कुनै शुल्क नलाग्ने गरी प्रदान गर्दछ।
उनले सो कार्यक्रमका फाइदाहरूको बारेमा पनि व्याख्या गरे जुन संकायका सदस्यहरूले पनि लिन सक्दछन । “सर्टिफिकेसन र तालिम कार्यक्रम पूरा गर्ने विद्यार्थीले उद्योगलाई तयार र उद्योग सान्दर्भिक बनाउनुपर्छ”, मुरलीले जोड दिए।
त्यसैगरी सिस्टम आर्किटेक्ट अभिषेकले एचएमएसको प्राविधिक क्षमताहरू बारे व्याख्या गरेका थिए। उनले एचएमएसद्वारा समर्थित टूलकिटहरू चलाएर त्यसको बारेमा बिस्तृतमा जानकारी दिए, जसमा मेसिन लर्निङ किट, स्क्यान किट, लोकेशन किट आदि समावेश थिए। यी सबैलाई क्विक डेमोले पनि समर्थन गरेको थियो । उनले कसरी कसैले प्लगइनहरू मार्फत विद्यमान एपहरू एचएमएसमा माइग्रेट गर्न सकिन्छ भन्ने बताएका थिए।
कार्यक्रममा आईओईबाट एसोसिएट प्रोफेसर डा. बसन्त जोशी, ह्वावे नेपाल का सिईओ विलियम झाङ, ह्वावे ईन्डियाका एसोसिएट उपाध्यक्ष मुरली वी, ह्वावे ईन्डियाबाट सिस्टम आर्किटेक्ट अभिषेक, र ह्वावे ईन्डियाबाट रेबन्तलगायत सहभागी थिए।
प्रकाशित: १२ कार्तिक २०७८, शुक्रबार