जर्मन टेक्नोलोजी समूह बोशले चिप उत्पादन गर्न ४० करोड युरो लगानी गर्ने

  • Technology Khabar | १२ कार्तिक २०७८, शुक्रबार
जर्मन टेक्नोलोजी समूह बोशले चिप उत्पादन गर्न ४० करोड युरो लगानी गर्ने

काठमाडौं ।

जर्मन टेक्नोलोजी समूह रोबर्ट बोशले विश्वव्यापी चिप अभावलाई कम गर्न अर्को वर्ष जर्मनी र मलेसियामा माइक्रोचिप उत्पादनमा लगानी गर्ने भएको छ । कम्पनीले यसको लागि ४० करोड यूरो (४६.७ करोड डलर) विनियोजन गरेको रोयटर्सले उल्लेख गरेको छ।

अटोमेकरहरूका लागि चिप्सको अभावले विश्वभरि सवारी साधनको उत्पादनमा बाधा पुर्‍याएको छ, आपूर्तिकर्ताहरू एसिया र संयुक्त राज्य अमेरिकाका केही निर्माताहरूबाट मात्र आपूर्ति हुने चिपहरूमा भर परेका छन्।

बोशको बजेटको सबैभन्दा ठूलो हिस्सा ३०० मिलिमिटर वेफरहरूको लागि जर्मनीको ड्रेसडेन कारखानाको द्रुत बिस्तारमा खर्च गरिनेछ, जसलाई समूहले गत जुनमा उद्घाटन गरेको थियो।

यसका साथै करिब ५ करोड यूरो स्टूटगार्ट नजिकैको रिटलिङ्गेनको साइटमा २०० मिलिमिटर वेफर्स बनाउन लगानी गरिने कम्पनीले बताएकोछ। जसले कार पार्ट्स र कारखाना स्वचालन प्रणाली पनि बनाउँछ।

लगानीको स्तर निर्दिष्ट नगरी कम्पनीले पेनाङ, मलेशियामा सेमिकण्डक्टर परीक्षण सुविधा निर्माण गर्ने अर्को परियोजनालाई लगानी गरिने जानकारी दिएको छ।

प्रकाशित: १२ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

रेडमी १५ए सार्वजनिक, यस्ता छन् विशेषता

  • Technology Khabar
  • १२ कार्तिक २०७८, शुक्रबार