यूरोपियन स्पेस एजेन्सीले चीनको मार्स रोभरबाट डाटा तान्न प्रयास गर्ने

  • Technology Khabar | १२ कार्तिक २०७८, शुक्रबार
यूरोपियन स्पेस एजेन्सीले चीनको मार्स रोभरबाट डाटा तान्न प्रयास गर्ने

काठमाडौं ।

आउँदो महिना यूरोपियन स्पेस एजेन्सी ईएसए तथा चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन सीएनएसएले मिलेर अन्तरिक्षमा यसअघि कहिल्यै नभएको काम गर्ने प्रयास गर्ने भएका छन्।

यसअघि पहिले नगरिएको यो काम हो मंगल ग्रहमा रहेको रोभरबाट अन्तरिक्षको कक्षमा भएको अर्को अन्तरिक्षयानमा डाटा पठाउने प्रयास हो।

विशेष गरी गत मे यतादेखि मंगल ग्रहमा रहेको सेल्फी फोटो लिने झुरोङ रोभरले ईएसएको मार्स एक्सप्रेस अर्बिटर नामक अन्त्क्ष यानमा डाटा पठाउनेछ।

ईएसएका अनुसार झुरोङले रेडियो कम्प्याटिबिलिटीको अभावका कारण मार्स एक्सप्रेस अर्बिटरबाट कुनै पनि डाटा लिन सक्दैन। यसको मतलब अर्बिटरले पठाएको सिग्नल यसले सुन्न सक्दैन। यस्तो आवाज रोभरले डाटा पठाउनुअघि सुन्नुपर्ने हुन्छ।

यसको सट्टा आउँदो महिना मार्स अर्बिटर र ईएसएले पहिले पृथ्वीमा मात्र परीक्षण गरिएको नयाँ तरिका अपनाएर डाटा पठाउने र लिने प्रयास गर्नेछन्। पाँच पटक गरिएको परीक्षणमा झुरोङले डाटा अन्तरिक्षमा पठाउने र मार्स अर्बिटरले उक्त सिग्नल तथा सम्भावित डाटालाई सुन्ने प्रयास गर्नेछ।

‘यदि मार्स एक्सप्रेसलर् यस्तो सिग्नल डिटेक्ट गरेमा यसलाई रेडियोले लक गरेर डाटा रेकर्ड गर्न थाल्नेछ’, ईएसएका जस ट्याप्ले लेख्छन्।

उनका अनुसार यो संवादको अन्त्यमा उक्त अन्तरिक्षयानले पृथ्वीतिर फर्केर अन्तरिक्षमै डाटा पठाउनेछ। उक्त डाटा ईएसओसी अर्थात् यूरोपियन स्पेश अपरेशन सेन्टरमा आइपुगेपछि यसलाई प्रशोधन र विश्लेषणका लागि झुरोङमा पठाइनेछ।

प्रकाशित: १२ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार