अनर चीनबाट सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने ब्रान्डको सूचीमा तेस्रो नम्बरमा

  • Technology Khabar | १२ कार्तिक २०७८, शुक्रबार
अनर चीनबाट सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने ब्रान्डको सूचीमा तेस्रो नम्बरमा

काठमाडौं ।

गत वर्ष ह्वावेबाट छुट्टिएर स्वतन्त्र ब्रान्डका रुपमा स्मार्टफोन निर्माण र बिक्री गर्दै आएको अनर तेस्रो त्रैमासमा स्मार्टफोन शिपमेन्टका हिसाबले चीनको तेस्रो ठूलो ब्रान्ड बन्न सफल भएको छ।

यो तथ्याङ्क हालै हार्डवयर ट्र्याक गर्ने अनुसन्धान संस्था काउन्टरप्वाइन्ट रिसर्चले जारी गरेको हो।

यो ब्रान्डको बिक्री ह्वात्तै बढ्नुमा अमेरिकाद्वारा ह्वावेमाथि चिप खरिदमा लागेको प्रतिबन्ध मुख्य कारण रहेको बुझिएको छ।

चीनमा २३ प्रतिशत बजार हिस्साका साथ भिभो शीर्ष स्थानमा छ भने २० प्रतिशतका साथ दोस्रो नम्बरमा ओपो रहेको छ। यी दुई ब्रान्डपछि तेस्रो नम्बरमा पर्न सफल अनरले १५ प्रतिशत बजार ओगटेको तथ्याङ्क छ।

यो सूचीमा १४ र १३ प्रतिशत बजार हिस्सा ओगट्दै शाओमी र एप्पल क्रमश: चाैथो र पाँचाैँ नम्बरमा परेका छन्।

अनरले यो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९६ प्रतिशत बढी स्मार्टफोन बिक्री गरेको देखिएको छ।

अनर ह्वावेको सहायक ब्रान्डका रुपमा स्थापना भएको हो र यसले तल्लो र मध्यम स्तरको स्मार्टफोनमा आफूलाई केन्द्रित गरेको थियो। अघिल्लो वर्ष ह्वावेले अनर ब्रान्ड शेन्जेन सरकारसहितको साझेदार समूहलाई बेचेको ‍घोषणा गरेको थियो।

प्रकाशित: १२ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘मिथ्यापूर्ण सूचनाको प्रवाहलाई रोक्नुपर्ने’

  • Technology Khabar
  • १२ कार्तिक २०७८, शुक्रबार