सोनीले बेच्यो १ करोड ३४ लाख थान पीएस५ गेमिङ कन्सोल

  • Technology Khabar | ११ कार्तिक २०७८, बिहीबार
सोनीले बेच्यो १ करोड ३४ लाख थान पीएस५ गेमिङ कन्सोल

काठमाडौं ।

जापानी कम्पनी सोनीले आफ्नो गेमिङ कन्सोल प्लेस्टेशन ५ १ करोड ३४ लाख थान बिक्री गरेको छ।

आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो त्रैमासको भन्दा उल्लेख्य वृद्धि भएको कम्पनीले जनाएको छ। कम्पनीले पहिलो त्रैमासमा २२ लाख थान पीएस५ बेचेकोमा दोस्रो त्रैमासमा भने ३३ लाख थान बिक्री गर्न सफल भएको थियो।

यसबाहेक कम्पनीको गेम बिक्रीमा पनि उल्लेख्य वृद्धि भएको पाइएको छ। अघिल्लो त्रैमासमा ६ करोड ३६ लाख डलर आम्दानी भएको गेम बिक्रीमार्फत् यो त्रैमासमा भने ७ करोड ६४ लाख डलर बराबरको आम्दानी भएको बताइएको छ।

यी सबै आम्दानी जोड्दा गेमिङमार्फतको आम्दानी २७ प्रतिशत बढेर ५ अर्ब ६८ करोड डलर पुगेको आँकडा छ। तर सञ्चालन मुनाफा भने अघिल्लो त्रैमासको भन्दा २ करोड ९० लाख डलर ७ करोड २८ लाख डलरमा झरेको बताइएको छ। सोनीको आर्थिक वर्ष २०२२ मार्च ३१ मा समाप्त हुन्छ।

पीएस५ को बिक्री चुलिँदा पीएस४ को भने बिक्री भने उल्लेख्य घटेर अघिल्लो त्रैमासको ५ लाख थान बाट २ लाख थानमा झरेको छ।

प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार