पोको एम४ प्रो फाइभजी नोभेम्बर ९ मा सार्वजनिक हुने

  • Technology Khabar | ११ कार्तिक २०७८, बिहीबार
पोको एम४ प्रो फाइभजी नोभेम्बर ९ मा सार्वजनिक हुने

काठमाडौं ।

बजेट स्मार्टफोन ब्रान्ड पोकोले आगामी नोभेम्बर ९ मा आफ्नो अर्को फाइभजी स्मार्टफोन एम४ प्रो सार्वजनिक गर्ने घोषणा गरेको छ।

यो कम्पनीको एम सिरिजको पछिल्लो स्मार्टफोन हो। कम्पनीले ट्विटरमार्फत् आफ्नो डिभाइसको सार्वजनिक हुने मितिको जानकारी दिएको हो।

ट्विटरमा राखिएको फोटोमा डिभाइस सार्वजनिक हुने मितिमात्रै उल्लेख गरिएको थियो। यसबाहेकका स्पेसिफिकेशन र अन्य फिचरहरु समावेश गरिएका थिएनन्।

यसका बावजूद पोको एम५ प्रो फाइभजीका बारेमा विवरण र स्पेसिफिकेशनहरु भने लीक भइरहेको पाइएको छ। हालै बाहिरिएका लीकलाई मान्ने हो भने यो डिभाइस रेडमीको रिब्रान्ड रहेको बुझिएको छ।

हालै यसको चिनियाँ भर्सन गीकबेन्चबाट पास भएको छ। उक्त वेबसाइटमा उल्लेख भए अनुसार यसमा एमटी६८८३पी प्रोसेसर रहने बुझिएको छ।

यो मोडल डाइमेन्सिटी ७०० चिपसेटको हो जुन यसअघिको पोको एम३ प्रो ५जी मा समावेश थियो।

प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ११ कार्तिक २०७८, बिहीबार