बंगलादेशी मोबाइल ब्राण्ड सिम्फोनी एपेक्स ग्रुपले औपचारिकरुपमा नेपाली बजारमा ल्याउँदै

  • Technology Khabar | ११ कार्तिक २०७८, बिहीबार
बंगलादेशी मोबाइल ब्राण्ड सिम्फोनी एपेक्स ग्रुपले औपचारिकरुपमा नेपाली बजारमा ल्याउँदै

काठमाडौं ।

नेपाली बजारमा बंगलादेशको चर्चित मोबाइल ब्राण्ड सिम्फोनी औपचारिकरुपमा भित्रने भएको छ। यसअघि पनि नेपाली बजारमा आएको सो ब्राण्ड अब भने औपचारिकरुपमा नै आउन लागेको हो।

बंगलादेशी मोबाइल ब्राण्ड सिम्फोनी नेपालमा एपेक्स ग्रुपले आयात तथा बिक्री गर्ने आधिकारीकता पाएको छ।

बंगलादेशमा सो ब्राण्डले मंगलबार एक कार्यक्रम गरेर नेपालमा फोन निर्यात गर्न लागेको घोषणा गरेको छ।

नेपाली बजारमा केहि साताभित्र सिम्फोनीका फोनहरु उपलब्ध हुने सो कम्पनीका ब्राण्ड हेर्ने एक अधिकारीले जानकारी दिए।

उनकाअनुसार हाल पहिलो चरणमा तीनवटा मोडलहरु लन्च हुनेछन् र पछि अन्य मोडलहरु आउनेछन्।

सिम्फोनीका तीन मोडलहरुमा अहिले आई३२, एटम टू र जेड ३३ स्मार्टफोनहरु रहेका छन्। यी फोनहरुको बजार मूल्य हाल तय नभईसकेको र नेपाल आएसँगै मूल्य सार्वजनिक गरिनेछ।

सिम्फोनीले विशेषगरी नेपालको लो इण्ड र मिड रेन्जको बजारमा आफ्नो उपस्थिती केन्द्रित गर्ने बताईएको छ।

एपेक्स ग्रुपले आगामी साता सो फोन नेपाली बजारमा उपलब्ध भएको औपचारिक घोषणा गर्ने जानकारी दिएको छ।

बंगलादेशमा नम्बर १ ब्राण्डको रुपमा रहेको सिम्फोनीका मोबाइल फोनहरु यसअघि सिम्फोटेक प्रालिले समेत ल्याएको थियो।

सिम्फोनीले बंगलादेशमा आफैंले फोन एसेम्बल गर्दै आएको छ। यो ब्राण्ड श्रीलंका र भियतनाममा समेत उपलब्ध रहेको छ।

प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...