अडोबद्वारा फोटोशप ब्राउजरमा पनि उपलब्ध, आईप्याडमा ‘र’ फोटो सपोर्ट गर्ने

  • Technology Khabar | १० कार्तिक २०७८, बुधबार
अडोबद्वारा फोटोशप ब्राउजरमा पनि उपलब्ध, आईप्याडमा ‘र’ फोटो सपोर्ट गर्ने

काठमाडौं ।

अडोबले आफ्ना सबै एपहरुमा अपडेट गर्दै म्याक्स कन्फ्रेन्स समापन गरेको छ।

कम्पनीले उक्त कन्फ्रेन्समा गरेको सबैभन्दा ठूलो घोषणा वेब ब्राउजरका लागि फोटोशप उपलब्ध गराउने हो। यो फोटोशपको वेब भर्सन हो जसमा मिलेर काम गर्नेहरुका लागि सीमित एडिटिङ सपोर्ट रहनेछ।

यसमार्फत बनेका पीएसडी फाइलहरु क्लाउडमा स्टोर गर्न सकिने तथा त्यसको लिंक समूहमा बसेर काम गरिरहेका अन्य व्यक्तिहरुलाई शेयर गर्न सकिने बताइएको छ।

यसबाहेक डेस्कटपमा रहेको फोटोशपसँग सिंक हुने नयाँ कमेन्टिङ प्यानलमा समीक्षा र कमेन्ट गर्न सकिनेछ।

यसबाहेक आईपडका लागि पनि फोटोशपमा उल्लेख्य अपडेट आएको छ। यसले अब ‘अडोब क्यामरा र’ मा भएका सम्पूर्ण ‘र’ फाइलहरुका साथै आईफोन १२ र १३ का एप्पल ‘प्रोर’ फाइलहरु पनि सपोर्ट गर्नेछ।

साथै अन्य फिचरमा स्काइ रिप्लेसमेन्ट, हिलिङ ब्रश तथा म्याजिक वान्डजस्ता टूलहरु अब फोटोशपको आईप्याड भर्सनमा पनि उपलब्ध हुनेछ।

डेस्कटप भर्सनमा भने अब नयाँ स्मार्ट अब्जेक्ट मास्किङ फिचर ल्याइएको छ। यसमार्फत् कुनै पनि अब्जेक्टमाथि कर्सर राखेपछि सेन्सेइ एआई मेशिन लर्निङले यसलाई नयाँ मास्कमा लैजान्छ र त्यसपछि आवश्यक कुराहरु थपघट गर्न सकिन्छ।

एकभन्दा धेरै अब्जेक्टका लागि भने मास्क जेनेरेट गर्न लेयर > मास्क अल अबजेक्ट्स सेलेक्ट गर्नुपर्ने हुन्छ।

प्रकाशित: १० कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...