दूरसञ्चार सेवा प्रदायकले आफ्नो नेटवर्कमा विज्ञापन दिन नपाउने, मोबाइल एप्समा विज्ञापन पठाउन रोक

  • Technology Khabar | ९ कार्तिक २०७८, मंगलवार
दूरसञ्चार सेवा प्रदायकले आफ्नो नेटवर्कमा विज्ञापन दिन नपाउने, मोबाइल एप्समा विज्ञापन पठाउन रोक

काठमाडौं ।

सरकारले दूरसञ्चार सेवा प्रदायकहरुलाई आफ्नो नेटवर्कबाट अनावश्यक विज्ञापन दिन प्रतिबन्ध लगाउने भएको छ। सरकारले विज्ञापन आचारसंहिता मार्फत दूरसञ्चार सेवा प्रदायकहरुलाई आफ्नो नेटवर्कमा लोककल्याणकारी बाहेकको विज्ञापन पठाउन नपाईने बनाउन लागेको हो।

आचारसंहिताको बुँदा ५.८ मा दूरसञ्चार सेवा प्रदायकको आचारअन्तरगत दूरसञ्चार सेवा प्रदायकले सार्वजनिक हित तथा लोककल्याणकारी विज्ञापन बाहेकका विज्ञापन आफ्नो नेटवर्कमा पठाउन नहुने उल्लेख गरेको छ।

प्रचलित कानूनले रोक लगाययतका र आचारसंहित विपरितका विज्ञापन समेत नेटवर्कमार्फत सम्प्रेषण गर्न नहुने उल्लेख छ।

तर जनतालाई सूचना नदिँदा जनधनको क्षति वा हानिनोक्सानी हुने अवस्था भएमा त्यस्तो सूचना सम्प्रेषण गर्न कुनै बाधा नपर्ने आचारसंहितामा लेखिएको छ।

त्यसैगरी इन्टरनेटमा आधारित माध्यममा समेत विज्ञापन आचारसंहिता लाग्ने भएको छ । जसअनुसार व्यक्तिको मन्जुरी बिना सामाजिक संजाल, मोबाइल एप्स वा कुनैपनि प्रकारका एप्समार्फत विज्ञापन पठाउन नहुने गरी रोक लगाईएको छ।

इन्टरनेटमा आधारित माध्यमहरुमार्फत विज्ञापन गरी गैरकानूनीरुपमा विदेशी मुद्रा विदेश पठाउन नहुने समेत आचारसंहितामा उल्लेख छ ।
यस्तै सामाजिक संजालमा प्रचलित कानूनले रोक लगाएका विज्ञापन तथा सूचना गर्न गराउन नहुने गरी रोक लगाईएको छ ।

सामाजिक संजाल प्रयोगकर्ताले आफ्नो वास्तविक परिचय लुकाई वा सामाजिक संजाल प्रयोगको नक्कली आईडी निर्माण गरी वा अर्को व्यक्तिको आईडीको अनधिकृत प्रयोग गरी कुनै प्रकारका विज्ञापन गर्न नपाईने भएको छ ।

यसका साथै अनुमति नलिई सामाजिक संजालमा विज्ञापन प्रकाशन, प्रसारण तथा वितरण गर्न गराउन तथा त्यस्ता विज्ञापन सामाग्रीलाई शेयर गर्न वा संप्रेषण गर्न नहुनेगरी रोक लगाईएको छ।

विज्ञापन बोर्डले विज्ञापन आचारसंहिता, २०७८ को मस्यौदा जारी गरी त्यसमा राय सुझाब माग गरेको छ। बोर्डका सूचना अधिकृत दिलिप महर्जनले मंसिर ७ गतेसम्म सबैलाई राय सुझाब पठाउन अनुरोध गरिएको बताए ।

“हामीले विज्ञापनदाता संचारमाध्यम एजेन्सीसहित सबैलाई सुझाब दिन भनेका छौं । त्यसपछि छलफल पनि गर्नेछौं,” उनले भने ।

यस्तो छ विज्ञापन आचारसंहिताको पुरै मस्यौदा-

--E0-A4-AE-E0-A4-B8-E0-A5-8D-1718463746

प्रकाशित: ९ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार