
काठमाडौं ।
अस्ट्रेलियन सरकार तथा टेलिकम जायन्ट टेल्स्ट्राले साझेदारीमा प्रशान्त क्षेत्रको दूरसञ्चार कम्पनी खरिद गर्ने भएका छन्।
यो निर्णयलाई देशमा चिनियाँ राजनीतिक प्रभावलाई रोक्नका लागि गरिएको बताइएको छ। टेल्स्ट्राले यस क्षेत्रमा आफ्नो प्रभाव फैलाउनका लागि २ अर्ब १० करोड अस्ट्रेलियन डलरको प्रस्ताव गरेको थियो।
डिजिसेल प्यासिफिकमा पपुआ न्यूगिनी, फिजी, सामोआ, भानुआटु र टहिटीमा गरी १ हजार ७ सय कर्मचारी रहेका छन्।
कम्पनीको भविष्यका बारेमा केही समययता विभिन्न अफवाह हरु फैलँदै आएका थिए। गत वर्ष डीजीसेलले आफ्नो स्वामित्व चिनियाँ मोबाइल कम्पनीलाई बेच्न लागेको भन्ने रिपोर्टको खण्डन गरेको थियो।
टेल्स्ट्राका अनुसार अस्ट्रेलियन सरकारले आफूलाई डिजिसेल प्यासिफिकसँग सम्बन्धित प्राविधिक सरसल्लाह दिएको र ती सुझाव तथा सल्लाहहरु यस क्षेत्रको दूरसञ्चार वृत्तका लागि निकै महत्वपूर्ण रहेको थियो।
प्रकाशित: ९ कार्तिक २०७८, मंगलवार