
काठमाडौं ।
इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या र रकम पछिल्लो यो वर्ष अर्थात् २०७८ को शुरुवाती पाँच महिनामा मिश्रित प्रवृत्तिमा गएको पाइएको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु स्थूल आर्थिक प्रतिवेदनमा २०७८ वैशाखमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्या २ लाख ६८ हजार १४४ रहेकोमा जेठमा आउँदा घटेर २ लाख ४० हजार ४३८ मा झरेको देखिन्छ।
असारमा उक्त सङ्ख्यामा उल्लेख्य वृद्धि भएर ३ लाख २९ हजार ५२३ पुगेकोमा साउनमा पनि वृद्धि भएर ३४० ५२५ पुगेको पाइएको छ। तर फेरि भदाै मसान्तसम्म आइपुग्दा उक्त सङ्ख्या घटेर ३ लाख १ हजार १२ मा झरेको छ।
कारोबार संख्यामा आएको घटबढले अधिकांश समयमा कारोबार रकममा पनि उस्तै प्रकारको उतार चढाव आउने गरेको छ।
यसै क्रममा वैशाखमा जम्मा १० अर्ब ८ करोड रुपैयाँको कारोबार गरेकोमा जेठमा ११ अर्ब १४ करोड २० लाख पुगेको देखिन्छ।
यसैगरी असारमा यो रकम बढेर १३ अर्ब ८३ करोड २० लाख रुपैयाँ पुगेको र साउनमा अझै वृद्धि भएर १५ अर्ब १७ करोड १० लाख रुपैयाँसम्म पुगेको पाइएको छ।
यो वर्षको पाँचाैं महिना अर्थात् भदाैमा भने इन्टरनेट बैंकिङमार्फत् हुने कारोबार संख्यामा पनि कमी आएको र यसै हिसाबले रकममा पनि कमी आएर फेरि १३अर्ब ५० करोड ४० लाख रुपैयाँमा झरेको देखिन्छ।
प्रकाशित: ९ कार्तिक २०७८, मंगलवार