
काठमाडौं ।
दक्षिण कोरियाली दूरसञ्चार प्रदायक के टी ले सोमबार उक्त दिन देशैभरी आफ्नो नेटवर्क बन्द हुनुको कारण ठूलो डीडीओएस हमला भएको बताएको छ।
उक्त नेटवर्क प्रयोग गर्ने उपभोक्ताले सोमबार बिहान ११ बजेको हाराहारीमा ४० मिनेटजति इन्टरनेट चलाउन सकेका थिएनन्।
यसबाहेक उक्त समयमा उनीहरुले क्रेडिट कार्ड प्रयोग गर्न, स्टक कारोबार गर्न तथा अनलाइन एपहरु एक्सेस गर्न पाएका थिएनन्। उक्त आउटेजका बेला केही ठूला व्यापारिक वेबसाइटहरु पनि बन्द भएका थिए।
पछि भने कम्पनीले देशका थुप्रै ठाउँका मानिसहरुले सामान्य इन्टरनेट सेवा एक्सेस गर्न सक्ने बनाएको थियो।
कम्पनीका एक प्रवक्ताले उक्त समस्या नेटवर्कमा भएको ठूलो डीडीओएस हमलाका कारण भएको प्रस्ट पारेका छन्। नेटवर्क बन्द भएका बेला कम्पनीको संकट व्यवस्थापन टोलीले डटेर काम गरेको बताइएको छ।
संघीय प्रहरी तथा विज्ञान तथा सूचना प्रविधि मन्त्रालयले पनि कम्पनीसँगको सहकार्यमा समस्स समाधानको प्रयासमा लागेको बताएका छन्। मन्त्रालयले भने डीडीओएस हमलाका कारण नै यसो भएको भनेर तोकेको थिएन।
उक्त तर एसके टेलिकम तथा एलजी यूप्लसमा भने समस्या आएको थिएन।
प्रकाशित: ९ कार्तिक २०७८, मंगलवार